Logo

२०८३, श्रावण २७गते


images
images

देवदहको बजेट झन्डै १ अर्ब ७० करोड, २४ करोड बढी राजस्व संकलन गर्ने लक्ष्य

देवदहको बजेट झन्डै १ अर्ब ७० करोड, २४ करोड बढी राजस्व संकलन गर्ने लक्ष्य

images
  • देवदहको बजेट झन्डै १ अर्ब ७० करोड, २४ करोड बढी राजस्व संकलन गर्ने लक्ष्य
    images
    images

    देवदह । देवदह नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ६९ करोड ९९ लाख ९३ हजार ५ सय ७९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार सम्पन्न १८ औं नगरसभामा उपप्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक विद्यालक्ष्मी गुरुङले बजेट प्रस्तुत गरेकी हुन् ।

    images
    images
    images

    नगरपालिकाले आगामी वर्षका लागि गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, दिगो पूर्वाधार विकास, वातावरण संरक्षण र सुशासनलाई प्रमुख प्राथमिकतामा राखेको जनाएको छ ।

    images
    images
    images

    बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट २४ करोड २१ लाख ५० हजार रुपैयाँ, लुम्बिनी प्रदेश सरकारबाट ५ करोड ७६ लाख ४६ हजार रुपैयाँ, संघीय सरकारबाट १ अर्ब ३६ करोड १ लाख ९७ हजार रुपैयाँ तथा नगर विकास कोषबाट ४ करोड रुपैयाँ ऋण जुटाउने अनुमान गरिएको छ ।

    images
    images
    images

    क्षेत्रगत बजेट विनियोजनमध्ये पूर्वाधार विकासतर्फ सबैभन्दा बढी ७५ करोड ४६ लाख ७१ हजार रुपैयाँ छुट्याइएको छ । यस अन्तर्गत सहरी उत्थानशीलता तथा जीवनयापन सुधार आयोजना (यूआरएलआईपी) का लागि मात्रै ५५ करोड १ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै विश्व बैंकको ऋण सहयोगमा सञ्चालन हुने बृहत् लुम्बिनी क्षेत्र विकास (ग्लाड) आयोजनाका लागि ९ करोड रुपैयाँ व्यवस्था गरिएको छ ।

    शिक्षा क्षेत्रका लागि २६ करोड ३३ लाख २४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । बाल विकास सहजकर्ता र विद्यालय सहयोगी कर्मचारीको पारिश्रमिक वृद्धि, नगर शिक्षकको तलब अनुदान, विद्यालय पूर्वाधार विकास, छात्रवृत्ति तथा स्थानीय पाठ्यक्रम परिमार्जनका कार्यक्रम समेटिएका छन् ।

    स्वास्थ्य क्षेत्रका लागि ६ करोड २९ लाख ९८ हजार रुपैयाँ बजेट छुट्याइएको छ । देवदह नगर अस्पतालमा फार्मेसी सञ्चालन, अस्पताल व्यवस्थापन, उपकरण खरिद, निःशुल्क रक्त सेवा, पोषण कार्यक्रम तथा स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमालाई निरन्तरता दिने योजना समावेश गरिएको छ ।

    कृषि तथा पशुसेवा क्षेत्रका लागि १ करोड १७ लाख रुपैयाँ विनियोजन गरिएको छ । माटो परीक्षण प्रयोगशाला, बीउ बैंक, कृषि प्राविधिक कार्यक्रम तथा किसान सम्मान कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

    नगरप्रमुखसँग उद्यमी रोजगार कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय युवा उद्यमीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन ३० लाख रुपैयाँ छुट्याइएको छ । साथै भूमि व्यवस्था कार्यक्रमअन्तर्गत भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन तथा पुनः नापीका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    युवा तथा खेलकुद क्षेत्रका लागि ३९ लाख ९० हजार रुपैयाँ, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका कार्यक्रमका लागि ८५ लाख रुपैयाँ तथा संस्थागत विकास र सुशासनका लागि १८ करोड ७४ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

    नगरपालिकाले १२ वटै वडाका लागि समान रूपमा १ करोड २० लाख रुपैयाँका दरले कुल १४ करोड ४० लाख रुपैयाँ वडागत बजेट विनियोजन गरेको छ ।

    चालु आर्थिक वर्षमा १ अर्ब ६३ करोड ८८ लाख रुपैयाँको बजेट स्वीकृत भएकोमा हालसम्म ८९ करोड ८ लाख रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । त्यस्तै २१ करोड ८६ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकामा हालसम्म ८ करोड ५० लाख रुपैयाँ मात्रै संकलन भएको तथ्यांक प्रस्तुत गरिएको छ ।

    नगरपालिकाले सीमित स्रोतसाधनका बीच शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीलाई केन्द्रमा राखेर आगामी वर्षको बजेट तयार गरिएको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।