Logo

२०८३, श्रावण २७गते


images
images

देवदह-४ को सार्वजनिक सुनुवाई : झन्डै ३३ लाख राजस्व संकलन, बसाइसरी जानेभन्दा आउने बढी

देवदह-४ को सार्वजनिक सुनुवाई : झन्डै ३३ लाख राजस्व संकलन, बसाइसरी जानेभन्दा आउने बढी

images
  • देवदह-४ को सार्वजनिक सुनुवाई : झन्डै ३३ लाख राजस्व संकलन, बसाइसरी जानेभन्दा आउने बढी
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं. ४ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८२/०८३ को सेवा प्रवाह र योजना सम्बन्धमा वडाको सार्वजनिक सुनुवाई गरिएको जनाइएको छ । 

    images
    images
    images

    सार्वजनिक सुनुवाईमा बोल्दै देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले सुशासन नै समृद्धिको आधार भएको बताए । सार्वजनिक सुनुवाईमा उठ्ने प्रश्न र प्राप्त हुने सुझाव समग्र कार्यालयको नीति निर्माण र योजना तर्जुमाको लागि महत्वपूर्ण हुने उल्लेख गर्दै प्रवक्ता डुम्रेले पारदर्शिता विना सुशासन व्यवहारमा सम्भव नहुने बताए । 

    images
    images
    images

    कार्यक्रममा उठेका प्रश्नको जवाफ दिंदै वडा अध्यक्ष दमननाथ रेग्मीले वडावासीको सुझावको आधारमै आफु अघि बढ्ने बताए । कार्यक्रममा ढुंगे बाधको कुलो अतिक्रमण, भवानीपुर स्कुलले विक्री गरेको जग्गा, वडामा खेल मैदान, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी र सुशासनका विषयमा वडावासी विरेन्द्र पाण्डेय, दिपक चापागाईं, गोपाल पाण्डेय, इन्दिरा पाण्डेय, सुशील शर्मा, टिकादेवी पाण्डेय लगायतले सोधेका प्रश्न र प्रतिप्रश्नमा वडा अध्यक्ष रेग्मीसहित महामाया भवानी माविका प्रधानाध्यापक ऋषिश्वर अर्याल, शहरी स्वास्थ्य केन्द्रका प्रमुख मेघनाथ न्यौपाने, मायादेवी खानेपानीका अध्यक्ष चक्रपाणी तिवारी लगायतले जवाफ दिएका थिए । 

    images
    images
    images

    वडा कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा सेतोमसीका कार्यकारी सम्पादक पवन पौडेलको सहजीकरण रहेको थियो । 

    एक वर्षमा झन्डै ३३ लाख राजस्व संकलन, बसाइसरी जानेभन्दा आउने बढी 

     सार्वजनिक सुनुवाईमा समग्र वडाको कार्यसम्पादन र योजनासम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै वडा सचिव विष्णुनाथ पोखरेलले चालु आर्थिक वर्षमा हालसम्म  वडा कार्यालयले ३२ लाख ९५ हजार ३५३ रुपैयाँ राजस्व संकलन गरेको बताए । प्रतिवेदन अनुसार सबैभन्दा बढी ११ लाख १० हजार ६८२ रुपैयाँ भूमि तथा मालपोत करबाट संकलन भएको छ । त्यस्तै बहाल विटौरी करबाट ७ लाख ४६ हजार ३७५ रुपैयाँ, सिफारिस दस्तुरबाट ६ लाख ४६ हजार ९१८ रुपैयाँ, बहाल करबाट ३ लाख ९ हजार ६८१ रुपैयाँ तथा सम्पत्ति करबाट १ लाख ७९ हजार ३७९ रुपैयाँ राजस्व संकलन भएको छ ।

    त्यसैगरी वडाबाट एक वर्षको अवधिमा १२० वटा नयाँ नागरिकता सिफारिस, ९५ वटा प्रतिलिपि नागरिकता सिफारिस, ५९ वटा नाता प्रमाणित, ७ वटा विवाह प्रमाणित, १५ वटा जन्म प्रमाणित, ३५ वटा अनुगमन तथा निरीक्षण, ३५ वटा व्यवसाय दर्ता तथा नवीकरण र १ हजार ३१० वटा अन्य विविध सिफारिस  गरिएको प्रतिवेदनमा उल्लेख छ ।

    वडामा सञ्चालित विकास योजनामध्ये आर्थिक विकासतर्फका २ वटै कार्यक्रम सम्पन्न भएका छन् । सामाजिक विकासतर्फ ९ मध्ये ६ वटा योजना सम्पन्न भई ३ वटा बाँकी रहेका छन् । पूर्वाधार विकासतर्फ २६ मध्ये २० वटा योजना सम्पन्न भएका छन् भने ६ वटा कार्यान्वयनको क्रममा रहेका छन् । संस्थागत विकास तथा सुशासनतर्फ ३ मध्ये १ वटा योजना सम्पन्न भएको र २ वटा बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

    व्यक्तिगत घटना दर्ताअन्तर्गत ४१ जन्म दर्ता, २६ मृत्यु दर्ता, २० विवाह दर्ता, २५ बसाइँसराइ दर्ता तथा ५ सम्बन्धविच्छेद दर्ता भएका छन् । बसाइँसराइ अन्तर्गत ७ जना वडाबाट बाहिरिएका तथा १८ जना वडाभित्र आएका छन् ।

    त्यसैगरी वडामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या ४३८ रहेको छ । जसमध्ये २४६ जना ज्येष्ठ नागरिक, २३ जना दलित ज्येष्ठ नागरिक, ४३ जना एकल महिला ज्येष्ठ नागरिक, ७३ जना विधवा, ७ जना ‘क’ वर्गका अपाङ्गता भएका व्यक्ति, १४ जना ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति तथा ३२ जना दलित बालबालिका रहेका छन् ।

    वडा कार्यालयले सेवा प्रवाहका क्रममा इन्टरनेट समस्या, राजस्व, सामाजिक सुरक्षा तथा घटना दर्तासम्बन्धी सर्भर नचल्ने समस्या, सेवाग्राहीको बढ्दो चाप, कानुन र जनअपेक्षाबीचको अन्तर तथा जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीबीच समन्वयका चुनौतीहरू रहेको जनाएको छ ।

    यस्ता समस्या समाधानका लागि वैकल्पिक इन्टरनेट व्यवस्था, कार्यचापका बेला नगरपालिकाका कर्मचारी परिचालन, सेवाग्राहीलाई अधिकारसँगै कर्तव्यबारे सचेतना, सरोकारवालाबीच नियमित छलफल तथा सर्भर समस्याको दीर्घकालीन समाधानका लागि पहल आवश्यक रहेको वडा कार्यालयले औंल्याएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।