कृष्ण अन्जान, रिडीबजार । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ लाई लक्षित गरि रुरुक्षेत्र गाउँपालिका भित्र साेमवार देखि घरेलु मदिराकाे बिक्री बितरणमा पुर्ण प्रतिबन्ध लगाईएकाे छ ।
यसैगरि कार्तिक २४ गते विहिवार देखि निर्वाचनकार्य नसकिँदा सम्म सिलप्याक मदिरा समेत बेचविखन, सेवन गर्न नपाउने गरि प्रतिबन्ध लगाउने निर्णय गरिएकाे इलाका प्रहरी कार्यालय रिडीका इन्चार्ज समेत रहनु भएका प्रहरी निरिक्षक यमलाल बन्जाडेले जानकारी दिए ।
साेमबार यस क्षेत्रका व्यवसायीहरु सँग भएकाे र छलफलमा पछि निर्वाचन लाई स्वच्छ, निष्पक्ष, भय रहित बनाउने प्रयाेजनक लागि व्यवसायीहरुकाे सहमतिमा गुल्मी प्रहरीकाे अभियान अन्तरगत याे निर्णय गरिएकाे प्रहरी निरिक्षक बन्जाडेले बताए ।
रुरुक्षेत्र गाउँपालिका भरि साेमवार देखि घरेलु मदिरा पुर्ण प्रतिबन्ध छ कसैले मदिरा उत्पादन ,बेचविखन गर्ने गरेकाे जानकारी आएमा प्रहरीलाई खवर गर्न आग्रह गरिएकाे छ ।
नियमलाई उलँघन गरि कसैले मदिरा बिक्री बितरण उत्पादन गरेमा हदैसम्मकाे कानुनी कारवाही हुने बताईएकाे छ ।
यसेैगरि विहिवार देखि कुनै पनि पसल हरुमा सजाएर या अन्य तरिकाले सिलप्याक मदिरा राख्न, बेचविखन गर्न नपाईने भएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology