काठमाण्डौं । सर्वोच्चको फैसलापछि पदमुक्त भएका ७ मन्त्रालय प्रधानमन्त्री स्वयम् आफैले राखेका छन् । जसपाका महन्त ठाकुर समुह गृह र उपप्रधानमन्त्री सहित १० मन्त्रालयको दाबी गरिरहेको बुझिएको छ।
मन्त्री बन्ने लामो सूचीमा जसपाका नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, विमल प्रसाद श्रीवास्तव, चन्दा चौधरी, उमाशंकर अगरिया, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, प्रमोद साह, चन्द्रकान्त चौधरी अग्रपंक्तिमा छन् । उनीहरुले महन्थ पक्षमा रहेर ओलीलाई साथ दिएका थिए ।
एमालेका कतिपय मन्त्रीहरु बिदा हुने सम्भावना देखिएको छ भने इश्वर पोखरेलले गृह मन्त्रालयको चाहना राखेको बुझिएको छ । महेश बस्नेत र गोकुल बाँस्कोटा पनि मन्त्री बन्ने सम्भावना रहेको छ । सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराईले पनि अवसर पाउने सम्भावना त्यत्तिकै रहेको बुझिएको छ ।
महन्थ समूहसँग चुनावी गठबन्धनसम्म बनाउने गरी सरकार निर्माण हुनलागेको स्रोतको भनाई छ ।
मन्त्रिमण्डलमा महन्थ ठाकुर आफै उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालय लिएर जाने सम्भावना पनि छ । तर, राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जाने सम्भावना बलियो रहेको बुझिएको छ ।
विश्वस्त स्रोतका अनुसार महतोले पनि गृह मन्त्रालयको दाबी गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology