Logo

२०८३, आश्विन १०गते


images
images

रुरुधाममा फाेहर व्यवस्थापनकाे चिन्ता

रुरुधाममा फाेहर व्यवस्थापनकाे चिन्ता

images
  • सेतोमसी सहकर्मी
  • रुरुधाममा फाेहर व्यवस्थापनकाे चिन्ता
    images
    images

    कृष्ण अन्जान, रिडीबजार । गएकाे बिहिवार बिहान रुरुक्षेत्र गाउँपालिका वडा नं. १ का वडाध्यक्ष नवराज विक रिडीबजारकाे पोेहरकाे थुप्राेमा आगाे लगाउँदै गरेकाे भेटिए । बिहानै फाेहर डम्पिङ गरि थुप्राएकाे ठाउँमा उनी एक्लै फाेहरमा आगाे लगाउँदै थिए । वडाकाे वडाध्यक्षलाई याे काममा लागेकाे देखेर अरु स्थानीय जम्मा भए र सबैले हातेमालो गरे ।

    images
    images
    images

    रिडीबजारलाई कसरी स्वच्छ सफा र हराभरा बनाउने भन्ने चिन्ताले आफुलाई पिरोल्ने वडाध्यक्ष विक बताउँछन् । उनी भन्छन्, "वडाध्यक्षमा निर्वाचित भएपछि फाेहर मैला व्यवस्थापनका लागि ट्याक्टरकाे व्यवस्था भएकाे छ र फाेहर ट्याक्टरले उठाएर रिडीखाेलाकाे बगरमा थुप्राे लगाउँछ । याे वाध्यता हाे, किनकि डम्पिङ साईटकाे व्यवस्था छैन ।"

    images
    images
    images

    उनी कम्तीमा पनि डम्पिङ गरिएकाे फाेहर जलाईयाे भने फाेहर नष्ट हुन्छ र दुर्गन्ध फैलन नपाउने बताउँछन् ।
    रिडीक्षेत्रकाे फाेहर व्यवस्थापनका लागि साँखर क्षेत्रमा निर्माणाधिन डम्पिङ साईटकाे निर्माणकाे काम सकिए लगत्तै रिडीबजारकाे फाेहरकाे सँकट समाधान हुनेमा उनी आशावादी छन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।