कृष्ण अन्जान, गुल्मी । रुरुक्षेत्र गाउँपालिकाकाे रुरुधाम यसैपनि मेला महाेत्सव लाग्ने ठाउँ हाे । यिनै मेला महाेत्सवकाे निरन्तरतामा यहिअसौज सात गते देखि नौ गते सम्म विशेष प्रकारकाे मेला लाग्ने भएकाे छ ।
विश्व मुटु दिवस २०२२को अवसर पारेर रुरुक्षेत्र गाउँपालिकाको आयोजना र राष्ट्रिय हृदय रोग निवारण प्रतिस्ठान,नेपाल नेत्र ज्योती संघ ,लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा लगायत विभिन्न संघ सस्थाहरुको सहयोगमा रुरुधाममा स्वास्थ मेला लाग्न थालेकाे हाे ।
अन्य मेला महाेत्सवहरुमा व्यापारीक र मनाेरन्जन रहन्छन भने याे स्वास्थ मेलामा निशुल्क बिरामी जाँँचका साथै ओैषधाेपचार र निशुल्क ओैषधि वितरण गरिने छ ।
स्थानीय रुरु प्राथमिक स्वस्थ्य केन्द्रमा बृहत नि:शुल्क स्वास्थ शिविर सन्चालन गरिने रुरुक्षेत्र गाउँपालिका स्वास्थ शाखाका प्रमुख छत्र बहादुर अधिकारीले जानकारी दिए ।
शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाश राज रेग्मीको टिम द्वारा ईसिजी, इको सहित मुटु रोगका बिरामिहरुको जाँच तथा उपचार
,वरिष्ठ फिजिसियन एवं पेट,आन्द्रा तथा कलेजो रोग विशेषज्ञ डा अरुण ज्ञवालीको टिम द्वारा पेट रोगको जाँच तथा उपचार सेवा प्रदान हुनेछ ।
मोतियाबिन्दु (Cataract) को नि:शुल्क अप्रेशन सहित आँखाको जाँच तथा उपचार, स्त्री तथा प्रसुति विशेषज्ञ द्वारा स्त्री तथा प्रसुती सम्बन्धि सम्पुर्ण रोगको जाँच तथा उपचार हुने छ ।
यसैगरी फिजिसियनहरूद्वारा जनरल मिडिसिन सम्बन्धिका बिरामिहरुको जाँच तथा उपचार ,
नि: शुल्क भिडियो एक्सरे सेवा नि: शुल्क ल्याब सेवा ।नि:शुल्क औषधी वितरण गरिने प्रमुख अधिकारीले जानकारी दिए ।
मेलाकै रुपमा आयाेजना हुने याे स्वास्थ शिविरलाई व्यवस्थित पार्न यतिबेला विभिन्न उपसमिति मार्फत रिडीबजारमा काम शुरु भईसकेकाे छ ।
स्वास्थ शिविर व्यवस्थित हाेस ,सबैले सहज स्वास्थ सेवा प्राप्त गरून् भन्ने उद्देश्यले रुरुक्षेत्र गाउँपालिका वडा न १ ले गाउँपालिका सँग समन्वय गर्दै सम्पुर्ण तयारी थालेकाे रुरुक्षेत्र गाउँ पालिका १ का वडा अध्यक्ष नवराज विकले जानकारी दिए ।
रुरुधाममा आयाेजना हुने याे विशेषज्ञ सहितकाे बृहद स्वास्थ शिविरमा गुल्मी, पाल्पा, स्याङ्जा र अर्घाखाँचिका जनसमुदाय सेवा लिन आउने अनुमान गरिएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology