कृष्ण अन्जान ,रुरु । संविधान दिवसको अवसरमा रुरुक्षेत्र गाउँपालिका वडा न १ ले रिडीबजार क्षेत्र र कालिगण्डकी किनारकाे घाटमा सरसफाइ गरेकाे छ ।
रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडाध्यक्ष नवराज विककाे अगुवाईमा जनप्रतिनिधि ,स्थानीय सँघ सँस्था ,आमा समूह ,बैँक तथा वित्तीय सँस्थाका प्रतिनिधि ,युवा क्लव ,सरकारी कार्यालयका कर्मचारी इलाका प्रहरी कार्यालय रिडीका प्रहरी पत्रकार सहितको टाेलि ,हातमा प्लास्टिकका पन्जा सहित झाडु बाेकेर सरसफाइ कार्यक्रममा ठुलाे सँख्यामा सहभागी भएका थिए ।
स्वच्छ र सफा रिडी बनाउने एउटा अभियान हामीले शुरु गरेका छौँ र याे अभियानलाई संविधान दिवसको अवसर पारेर शुभारम्भ गरिएकाे छ र अबका दिनमा यसलाई समुदायले निरन्तरता दिनु पर्छ रुरुक्षेत्र १ का वडाध्यक्ष नवराज विकले भने ।
मुख्य रुपले बजारको फाेहर पुलबाट खाेलामा फाल्ने नहुने भन्दै वडाध्यक्ष विकले खाेलामा फाेहर फाल्ने लाई आवस्यक कारवाही गर्न प्रहरी प्रशासन लाई आग्रह गर्दै गुल्मीकाे प्रवेश द्वार पुल तथा बसपार्क क्षेत्र लगाएत रुरुधाम स्वच्छ राख्नु पर्ने धारणा राखे ।
सरसफाइ कार्यक्रम पछि आयाेजित काेणसभामा आफ्नो धारणा राख्दै प्रहरी नायव निरिक्षक शालिकराम थापाले आफ्नो घर वरिपरिको फाेहर व्यवस्थापन आफैले गर्नु पर्ने बताउँदै रिडीबजारलाई स्वच्छ र सफा राख्न प्रहरी जतिबेला पनि समुदाय सँग हाेस्टेमा हैँसे गरेर अगाडि बढ्न तयार रहेको बताए ।
सरसफाइ कार्यक्रममा आफ्नो धारणा राख्दै रिडीबजार फाेहरमैला व्यवस्थापन समितिका अध्यक्ष धना रानाले बजारको सरसफाइ हामी रिडीबासीकाे दायित्व भएकाे र हाम्रो सकृयताले बजार सफा राख्न सहयाेग हुने बताईन ।
विहान साढेसात बजे स्थानीय बगैँचा टाेलबाट शुरु भएकाे सरसफाइ अभियान रिडीबजार ,लामाचौतारी हुँदै कालिगण्डकी घाट ,कालिगण्डकी करिडोर क्षेत्र ,रुरु खेल मैदान हुँदै बसपार्कमा पुगि रिडीबजारलाई पुर्ण स्वच्छ र सफा राख्ने प्रतिबद्धता सहित कार्यक्रम समापन भएकाे थियाे । समापन सभाकाे अध्यक्षता वडाध्यक्ष नवराज विकले र कार्यक्रम सन्चालन वडासचिव राम प्रसाद ज्ञवालीले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology