Logo

२०८३, आश्विन १०गते


images
images

'कम्युनिस्ट नेता'हरूको आश्रयस्थल ग्वादीकाे सटखाेला 

'कम्युनिस्ट नेता'हरूको आश्रयस्थल ग्वादीकाे सटखाेला 

images
  • सेतोमसी सहकर्मी
  • 'कम्युनिस्ट नेता'हरूको आश्रयस्थल ग्वादीकाे सटखाेला 
    images
    images

    कृष्ण अन्जान, गुल्मी  ।  मुस्किलले आठ नौ घर रहेकाे मगर समुदायको बस्ती । दुईतिर रुखले ढाकेका खाेल्सा । तिनै दुईखाेल्सीकाे बिचमा उत्तरबाट दक्षिणतिर लाम्चाे परेर फिँजारिएकाे डाँडाे । 

    images
    images
    images

    साविककाे ग्वादी गाउँ विकास समिति र हालकाे रुरुक्षेत्र गाउँपालिकाकाे वडा नं. २ मा रहेकाे सटखाेलाले ठुलै ईतिहास बाेक्छ । गाउँमा पुग्दा भिम बहादुर लामिछाने घरमै मेलापात गाेबर साेत्तरमा व्यस्त भेटिए । तर यहि व्यस्तताका बिचमा उनले त्यहाँ पुगेका एमालेनेताहरु कमल राज श्रेष्ठ, हरी ज्ञवाली लगायतसँग दरिलो कमरेडी हात मिलाएर अभिभादन गरे ।

    images
    images
    images

    उनलाई याे कुराकाे बानी परेकाे धेरै भयो । पन्चायतकाे 'कालरात्री' मा यहि सटखाेला हाे, जसले कम्युनिस्ट नेताहरुलाई वर्षौँसम्म आश्रय दिएको थियो  ।

    images
    images
    images

    "उन्चालीस साल तिरबाट कम्युनिस्ट नेताहरु यहाँ आएर बस्न थाल्नु भएकाे हाे । याे निरन्तरता छयालीस सालकाे जनआन्दोलनसम्म रह्याे" करिब सत्तरी वर्ष कटेका लामिछानेले भने ।

    सटखाेला अर्थात मगर भाषामा सट भनेकाे आँप र याे ठाउँमा आँप पाईने हुँदा सटखाेला नाम रहेकाे भनाई छ । त्यसाेत यसक्षेत्र वरिपरिका टाेलवस्तिहरुकाे नाम पनि मगर भाषाबाट रहेर अपभ्रँस भएका छन ।

    मगर भाषामा  ग्वादी र खस भाषामा कुखुरे पानी । मगर भाषामा काेलाङदी, खस भाषामा सङलाे पानी र अपभ्रँस हुँदै काेलौदी । मगर भाषामा गुवाङँदी र खस भाषामा पाेथीपानी र अपभ्रँस हुँदै गाेविन्दे  ।मगरभाषामा रिदी, खस भाषामा कालाेपानी । यसरी रहेका नामहरु यहि सटा खाेला वरिपरि छन ।

    मगर बस्ती भएपनि सटखाेलाका मगर समुदायहरु एक आपसमा भने मगरभाषाको प्रयोग गर्दैनन् ।

    मुख्य रुपमा तत्कालीन नेकपा मालेले याे ठाउँलाई नेताहरुकाे आश्रय स्थलमात्र बनाएन पार्टीका केन्द्रीय स्तरका बैठक पनि यहिँ भएकाे स्मरण गर्छन लामिछाने ।

    "तत्कालीन मालेका नेताहरु पटक पटक यहाँका घरहरुमा बस्ने र गाेप्य बैठक हरु यहिँ गर्ने गर्नुहुन्थ्यो । याे प्रक्रिया २०३९ सालदेखि छयालीस सालकाे आन्दोलन अगाडिसम्म जारी रह्याे" उनले भने ।

    सटखाेला कम्युनिस्ट नेताहरूका लागि अत्यन्त सुरक्षित थियाे । जतिदिन बसेपनि त्यहि टाेलका बाहेक कसैले थाहा नपाउने हुनाले आफु पनि महिनौं सटखाेलामा भुमिगत जीवन विताएकाे सम्झना गर्छन एमाले नेता कमल राज श्रेष्ठ ।

    गुल्मीका कम्युनिस्ट नेता एकदेव ज्ञवाली, सिद्धिनाथ ज्ञवाली, युवराज ज्ञवाली, साथै बिष्णु पौडेल, देवेन्द्र घिमिरे, कमल राज श्रेष्ठहरु लगायत धेरै  नेता कार्यकर्ताले  सटखाेला लाई भुमिगत जीवनकाे आश्रय स्थल बनाएका थिए ।

    पार्टीका हरेक तत्कालीन निर्णय  सटखाेलामा हुन्थे । "वास्तवमा कम्युनिस्टहरुकाे सँगठन निर्माण र आश्रय रहेकाले पनि याे ठाउँ ऐतिहासिक छ" एमाले नेता हरि ज्ञवालीले भने ।

    "सजिलोमा त सबै हुन्छन तर अप्ठ्याराेमा साथ दिएकाे याे ठाउँ यहाँकाे समुदाय प्रति श्रद्दाले शिर निहुरिन्छ" एमाले नेता कमल राज श्रेष्ठले भने ।

    "कम्युनिस्ट नेताहरु घरमा आउँदा आफ्नै दाजुभाइ आएजस्ताे लाग्छ । ती कठिन दिनहरुमा पनि हामीले वहाँहरुलाई घरकै परिवार जस्तै गरेर राख्यौं । जे पाक्छ त्यहि खानु भयाे ।हामीसँगै मेलापात सबै गर्नुभयो वहाँहरुकाे ब्यवहार स्वभाव देखेर कम्युनिस्ट हुनुपर्ने रहेछ भन्ने लाग्याे धेरै ज्ञानगुनका कुरा पनि सिक्ने सुन्ने अवसर पाईयाे" भिम बहादुर लामिछानेले भने ।

    कुनैपनि क्रान्ति, आन्दोलन र सँगठन  जनताकाे काखबाट शुरुहुन्छ भन्ने ज्वलन्त उदाहरण हाे रुरुक्षेत्र गाउँपालिकाकाे सटखाेला । र, सटखाेला अहिले पनि उहि उहि लयमा आफुलाई कम्युनिस्ट किल्लाकाे रुपमा उभ्याउँदै  कमरेडरु  आउँदा दरिलाे हात मिलाउँदै विगतलाई सम्झाई रहेकाे छ ।

    सटखोलाका जनताले कम्युनिस्ट आन्दोलन र सँगठन निर्माणका कठिन क्षणहरुमा सटखाेलाका वासिन्दाहरुले निस्वार्थ भावमा आफ्ना गास काटेर 'कमरेड'हरुलाई खुवाएका थिए । ओछ्यान छाडेर सुताएका थिए । सेन्ट्रिकाे काम गरेर नेताहरूलाई बचाएका थिए र महिनौं लुकाएका थिए । उनैले जोगाएका नेताहरू आज खुल्ला राजनीतिमा छन् । मन्त्री, सांसद छन् । तर, आजपनि सटखोला उस्तै छ । उस्तै छ, यहाँका नागरिकको अवस्था ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।