कृष्णअन्जान, रिडीबजार । 'कहिले आउला सँगी हाे हामी दु:खीका
सुखका दिन, गिट्टी कुट्ने जिन्दगी छैन बरै सुख एकैछिन ।'
रुरुक्षेत्र गाउँपालिका वडा नं. १ रिडीबजारकी लक्ष्मी कुमाल बिहानै हतौडा बाेकेर कालिगण्डकी नदिकाे किनार मा पुग्छिन । गिट्टी कुट्दा हत्केला भरि फाेरा परेका छन ।कतिकतिबेला हतौडाले हातका ओैँलामा थिच्छ । दुखाईले अरल्लिन्छिन । तर, पनि आफू र आफ्ना लालाबालाकाे पेट भर्न गिट्टी कुट्नु उनकाे वाध्यता हाे ।
यदि उनले गिट्टी नकुटे लालाबाला भाेकै हुन्छन । उनी एउटी जिम्मेवार आमा हुन । आफु भाेकै रहेर पनि लालाबालाकाे शिक्षा-दीक्षा, लालन-पालनका लागि गिट्टी कुट्नु त के गिट्टी चपाउन पनि तयार छिन् उनी ।
त्यसाे त लक्ष्मी कुमाल जस्ता धेरै दिदीबहिनीहरु दिनभरि टन्टलापुर घाम हाेस या मुसलधारे पानी गिट्टीमै आफ्नो जिन्दगी खाेजेकाे भेटिन्छन ।
रिडीबजारकै पचहत्तर वर्षे बृद्ध लाेक बहादुर मगरपनि याे बुढेसकालमा उनकाे साथि हतौडाे र कालिगण्डकी नदिकाे बगरका ढुँगा हुन् । 'के गरम याे काम नगरी हातमुख जाेडिन्न, मैले कुटेकाे गिट्टी बेचेर तीन जना परिवारकाे दुईछाक दु:खले चल्छ' बृद्ध गिट्टी मजदुर लाेक बहादुर मगरले भने ।
रिडीबजारमा बालुवा र गिट्टीकाे भरमा आफ्नो हातमुख जाेर्ने करिब दुईसय मजदुरहरु छन तर दुई वर्ष अघिदेखि कालिगण्डकी नदिकाे बालुवा निकाल्न सर्वाेच्च अदालतले राेक लगाएपछि उनिहरुकाे राेजिराेटि त खाेसिएकाे छ नै जीवन जिउन समेत साह्रै अप्ठ्याराे छ ।
केहिले त गिट्टी कुटेका छन तर त्याे गिट्टीकाे मूल्य प्रति टिन बाईस रुपैया छ र दिनमा मुस्किलले पाँचटिन कुटिन्छ तर गिट्टी बिक्दैन ।
गाउँ घरमा कमसल गिट्टी टिनकाे १ सय सम्म बिक्छ तर यति राम्रो र गुणस्तर गिट्टीकाे मूल्य छैन ।
कालिगण्डकी नदिकाे बालुवा खुल्दा मजदुरहरुले बालुवा लाेड गरेर दैनिक पाँच सय सम्म कमाउँथे । परिवारमा दुईजनाले दैनिक एकहजार कमाउँदा परिवारकाे पालन पाेषण राम्रै थियाे तर दुईवर्ष अघिदेखि बालुवाकाे उत्खनन बन्द छ ।
जसकाे कारणले याे क्षेत्रमा निर्माण कार्य पनि महँगाे छ । रुरुक्षेत्र गाउँपालिकाले बालुवा र ढुँगाकाे कर उठाउन पाएकाे छैन, मजदुरकाे राेजिराेटि गुमेको छ । 'खै के भएर राेकिएकाे हाे, हामी गरिबलाई के थाहा तर जे भएर राेकिए पनि र जसले राेकेपनि बालुवा लाेड गरेर जीवन धानेका हामी गरिबको पेटमा लात हानिएकाे छ' रिडीबजारका मजदुर नित्य बहादुर कुमालले भने ।
बालुवा लाेड गरेर कुमालका पाँच जनाकाे परिवारकाे गुजारा चल्दै आएकाे थियाे ।
यहि बालुवा लाेड गरेर मजदुरहरुले पेट पाल्थे । धेरैजसाेकाे न जग्गा जमिन छ, न घर छ न अरु कुनै पेशा, न गरिबलाई हेर्ने काेहि छ । रुरुक्षेत्र १ का नरेन्द्र रेश्मीले दु:ख पाेखे ।
बालुवा बन्द भएपछि मजदुरकाे दु:ख देख्न नसकेर रिडीबजारका केही युवाहरूको पहलमा केही महिना बालुवा खुलेपनि फेरि बन्द छ ।
त्यसाे त कालिगण्डकी किनारकाे बालुवा खाेलेर मजदुरहरुकाे राेजिराेटी बहाल गराउन रिडीका युवाहरू हिमाल श्रेष्ठ, नवराज विक, नरेन्द्र रेश्मीकाे टाेली विभिन्न अड्डाहरुमा ज्ञापन पत्र बाेकेर पुगे पनि बालुवा खुलेन ।
रिडीबजारका मजदुर चुरामणी गाहा दिनभरि कालिगण्डकी नदिकाे बगर तिर हेर्दै लामचौताराेमा बसरे दिन कटाउँछन । उनलाई आशा छ कुनैदिन बालुवा खुल्नेछ र परिवार पाल्ने श्राेत भेटिने छ । तर, उनकाे परिवारकाे भाेकाे पेटकाे जलन राज्यका निकायले न बुझ्छ न कुनै पहल नै हुन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology