कृष्ण अन्जान, रिडी । रुरुक्षेत्र गाउँपालिकाको आयोजनामा रुरुक्षेत्र १ रिडीबजारमा निशुल्क स्वास्थ शिविर हुने भएकाे छ ।
लायन्स क्लब अफ काठमाडौँ, लर्ड बुद्ध नेपाल हर्ट फाउन्डेसन नेपाल, नेत्र ज्योति संघ लुम्बिनी मेडिकल कलेज पाल्पा, लगायत बिभिन्न संघ संस्थाहरुको सहयोगमा विश्व मुटु दिवस २०२२ को अवसर पारि यहि असोज ७ गते देखि ९ गते सम्म ३ दिन बृहत स्वास्थ शिविरकाे आयाेजना हुने रुरुक्षेत्र गाउँपालिकाले जनाएकाे छ।
रुरुक्षेत्र १ रिडीमा रहेको रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा निशुल्क बृहत स्वास्थ्य सिविर आयोजना गरिएकाले मौकाको फाइदा उठाउनुहुन सरोकार वाला सबैमा रुरुक्षेत्र गाउँपालिकाले अपिल गरेकाे छ ।
शिविरमा उपलब्ध हुने सेवाहरुमा
-मुटु रोग ,पेट रोग स्त्री रोग जाच तथा उपचारका साथै
आखाको जाच उपचार तथा सल्यक्रिया समेत ,थाइराइड्को जाच तथा उपचार,निशुल्क औषधि समेत वितरण गरिने जनाईएकाे छ ।
माथि उल्लेखित सेवाहरुका विशेषज्ञ चिकित्सकहरुबाट चेक जाँच हुने व्यवस्था मिलाईएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology