काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस एडहानोमले नेपाललगायत दक्षिण एसियाली मुलुकहरुलाई आपतकालीन सहयोगको आवश्यकता रहेको बताएका छन् ।
यस अघि भारतलाई मात्र आपतकालीन सहयोग कुरा गरिएको भएपनि शुक्रबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने उनले भारत मात्रै होइन, ‘नेपाल, श्रीलंका, भियतमान, कम्बोडिया, थाइल्याण्ड र इजिप्टले बढ्दो संक्रमण र उपचारको सामना गरिरहेकाले उक्त देशहरुलाई पनि आपतकालीन सहयोगको आवश्यकता रहेको बताएका हुन् ।
नेपाल लगायतका देशमा खोप संगै आपतकालीन औंषधीहरुको तत्काल ब्यबस्थापन गर्न नसके ठूलो संकट आउने तर्फ विश्व स्वास्थ्य संघले संकेत गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology