Logo

२०८३, आश्विन ११गते


images
images

देवदहमा आफ्नै आमाद्वारा छोरीको 'अपहरण' !

देवदहमा आफ्नै आमाद्वारा छोरीको 'अपहरण' !

images
  • देवदहमा आफ्नै आमाद्वारा छोरीको 'अपहरण' !
    images
    images

    देवदह । वि. सं. २०७९ भदौ ९ गते, बिहीवार । टन्टलापुर घाम लागेको छ । गर्मीले मान्छे त गलेका छन् नै, अलि-अलि पालुवा लागेका रुख बिरुवाहरू समेत नुन खाएको कुखुरा झै झोंक्रीएका छन् । यहि अत्यास लाग्दो मौसमका विच शिक्षक शिक्षिकाहरू स-साना नानीबाबुहरूलाई आ-आफ्नो विषय अध्यापन गराईराखेका छन् । 

    images
    images
    images

    दिउँसोको १२ बजेर केही मिनेट बित्दैछ । एकजना कक्षा १ मा पढ्ने बच्चीको आमा हस्याङ्फस्याङ गर्दै विद्यालय पुग्छिन । कालो टिसर्ट र पाईन्टमा सजिएर विद्यालय पुगेकी आफ्नो अभिभावकलाई देखेपछि कक्षा शिक्षिकालाई लाग्छ, बच्चाको पढाइबारे बुझ्न अभिभावक आउनुभयो । तर घटना त्यस्तो हुँदैन । ती अभिभावकले आफ्नो आमा सिकिस्त विरामी भएर बुटवलको अस्पतालले भरतपुर रिफर गरेको र एम्बुलेन्समा आमा (बच्चाको हजुरआमा) लाई ल्याईदै गरेकोले शितलनगर पुगेर बच्चालाई हजुरआमाको मुख देखाउनुपर्ने भयो भन्दै रुन थाल्छिन । यसरी बच्चाको आमाले आँशु बगाएरै "केही समयको लागि बच्चा लिएर जान्छु, बरू बच्चीको ब्याग यहि राखिदिनु, आईहाल्छु" भनेपछि कक्षा शिक्षिकाले अभिभावकका साथ बच्चा पठाउँछिन् । र, प्रधानाध्यापकलाई घटनाबारे जानकारी गराउँछिन् ।

    images
    images
    images

    यहाँसम्म कुरा ठिकै छ । तर, घटनाको ट्विस्ट तब हुन्छ जब, ती आमाले बच्ची लिएर गएको केही मिनेट मै नाताले ति बच्चीको 'क्षमा' पर्ने एकजना अर्की स्थानीय विद्यालयमा पुग्छिन् र बच्चा किन पठाएको भन्दै प्रश्न गर्छन् । ती स्थानीयले भन्छिन् - "ती महिला आफ्नो बच्चा मार्न चाहान्छिन, जसका लागि उनले यस अघि फागुन २४ गते 'खोला'मा डुबाएर बच्चाको हत्या गर्ने प्रयत्न पनि गरेकी थिईन तर स्थानीयले देखेपछि उनको प्रयास विफल भएको थियो ।" यसरी ती स्थानीयले बच्चा अपहरण भएको र उसको हत्या हुन सक्ने आशंका गरेपछि विद्यालयमा सन्नाटा छाउँछ ।

    images
    images
    images

    विद्यालयका प्रधानाध्यापले तुरुन्तै एक्सन लिन्छन् । उनले २ जना शिक्षकलाई शितलनगर पठाउँछन् । तर शिक्षकले आमा र बच्चा भेट्दैनन् । विद्यालय नजिकै घर भएको एक जना व्यक्तिको अटोरिक्सा चढेर महिला बच्चा सहित गएको थाहा पाएपछि प्रधानाध्यापकले रिक्सावालालाई फोन गरेर रिक्सा रोक्न अनुरोध गरेपनि रिक्सावालाले विद्यालयलाई सहयोग गर्दैनन् बरु उनी आफुलाई पैसाको सवाल भएको र खैरेनी जाने भनेकोले महिलालाई खैरेनी पुर्याएर चितवनको बस चढाईदिएको जवाफ फर्काउँछन ।

    त्यसपछि विद्यालयका प्रधानाध्यापक आफ्नो बाइक लिएर खैरेनी पुग्छन् । स्थानीय प्रहरीलाई मौखिक खबर गर्छन् र बसको खोजीमा सुनवल पुग्छन् । त्यहाँ पनि केही पत्ता नलागेपछि ती प्रधानाध्यापक बर्दघाटमा त कसो केहीबेर बस नरोक्ला र भन्दै बर्दघाटसम्म पुगेपनि बस भेट्दैनन् र निराश भएर फर्किन्छन । 

    रिक्सावालाले विद्यालयलाई सहयोग नगरेको र उसका गतिविधिले उक्त व्यक्ति पनि शंकाको घेराभित्र पर्ने स्थानीयले बताएपछि ती रिक्सावालाले आफुले सामान्य यात्रुको रुपमा ती महिलालाई सहयोग गरेको स्पष्टीकरण सहित देवदह प्रहरी कार्यालय खैरेनीमा लिखित निवेदन दिएका छन् ।


    'अबैध सम्बन्ध' लुकाउन 'आफ्नै 'छोरी हत्या' को डिजाईन !

    ३८-४० वर्ष उमेर की ती महिलाका श्रीमान वैदेशिक रोजगारको शिलशिलामा देश बाहिर छन् । दुई छोरीकि आमा रहेकी ती महिलाले 'अपहरण' गरेकी छोरी कान्छी हुन् । जेठी छोरी सोही विद्यालयमा माथिल्लो कक्षामा अध्ययनरत छिन् । 

    श्रीमान वैदेशिक रोजगारमा रहेको मौकाको दुरुपयोग गर्दै परपुरुषहरूलाई घर ल्याउने तर छोरीहरूलाई भने कोहि मामा, कोहि दाजुभाइ त कोहि फुपाजु भनेर चिनाउने र ती व्यक्तिहरूसंग मदिरापान सहित 'अबैध सम्बन्ध राख्दै आएको' खबर छोरीहरूले स्थानीय 'आफन्त' लाई जानकारी गराएपछि छोरीहरू निशानामा परेको स्थानीय बताउँछन् । सोही कारण ती महिला आफ्नो 'अबैध सम्बन्ध' लुकाउन आफ्नै छोरीको 'हत्या' गर्न उद्धत रहेको स्थानीयको भनाइ छ । केहीदिन अघिमात्रै आफन्तमार्फत श्रीमतीले अत्यधिक मदिरा सेवन गर्ने र परपुरुषसंगसमेत अबैध सम्बन्ध रहेकोले छोरीहरूको हत्या गर्न खोजेको भन्ने सूचना बच्चीका बाबुले प्राप्त गरेपछि छोरीहरूलाई हेरिदिन उनले आफन्त पर्ने एक स्थानीय (नातामा छोरीहरूको 'क्षमा' पर्ने)लाई अनुरोध गरेपछि छोरीहरू त्यहीँ बस्दै आएका थिए । घटना भएको दिन जेठी छोरी सन्चो नभएर विद्यालय नगएको हुनाले कान्छी छोरी मात्रै लिएर उनी भागेको केहिदिनदेखि बच्चाको रेखदेख गर्दै आएकी 'क्षमा' बताउँछिन् । 

    अटोरिक्सावालालाई यसबारे सोध्दा उनले ती महिला आफ्नो सम्पर्कमा रहेको, भर्खरैमात्र कुराकानी भएको र उनीहरू पोखरामा रहेको सेतोमसीलाई बताए । उनले देवदह प्रहरी चौकीमा दिएको निवेदनमा आफुले सामान्य यात्रुसरह रिक्सामा चढाएको र महिला भगाउन आफ्नो कुनै भुमिका नरहेको बताएका छन् । 

    देवदह प्रहरी चौकीका इन्चार्ज गंगा सारूलाई यसबारे बुझ्दा बच्चा सहित महिला हराएको भन्ने लिखित उजुरी नपरेको जानकारी दिए । फोटो सहित उजुरी परे खोजीकार्यको प्रक्रिया अघि बढाउँने उनको भनाइ छ ।

    बच्ची पढाईमा अत्यन्तै राम्रो भएपनि नियमित विद्यालय नआउने र किन नियमित विद्यालय आउनुहुन्न भनेर सोध्दा समयमै मम्मीले खाना नपकाउने र विद्यालय आउनेबेला रक्सी लिन पठाउने गरेका कारण आफू सधै विद्यालय आउन नसकेको विद्यार्थीले बताउँने गरेको उनकी कक्षा शिक्षिकाले जानकारी दिईन् । मम्मीले समयमै खाना नपकाईदिएपनि विद्यालय आउन र बरु क्यान्टिनमा खान आफुले अनुरोध गरेको शिक्षिकाको भनाइ छ ।

    विद्यार्थीहरू ती विद्यालयमा अध्यापननरत शिक्षक/शिक्षिकाहरूका छोराछोरी नै हुन् । एउटा बच्चीलाई आफ्नै आमाले 'अपहरण' को शैलीमा विद्यालयबाट लगेको जानकारी पाएपछि उक्त विद्यालयका प्रधानाध्यापकले खैरेनी हुँदै बर्दघाटसम्म जुन प्रकारले खोजी गरे, सो कार्यमा व्यवस्थापन समितिका सदस्य समेत रहेकी बच्चीको आफन्त (क्षमा) पर्ने महिला लगायत शिक्षक शिक्षिकाले जुन दौडधुप गरे उक्त कार्य सर्‍हानिय छ । 

    'हराएकी' महिला र बच्चीको समयमै खोजी गर्न, खतरामा छन् भने बच्चीको जीवन रक्षा गर्न र गलत कार्य गर्नेलाई कानुनको दायरामा ल्याउन सबै पक्षहरूको समयमै ध्यान पुग्नु जरुरी छ ।

    नोट: सामाजिक मर्यादा र प्रतिष्ठाको ख्याल गर्दै समाचारमा सबै स्रोतहरूको परिचय गोप्य राखिएको छ । - सम्पादक

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।