देवदह । देवदह जेसीजले स्थापना दिवसको अवसरमा विद्यार्थीलाई पोसाक वितरण गरेको छ । जेसिसको सातौं स्थापना दिवसको अवसरमा देवदह ६ शिवालय टोलमा अवस्थित श्री साइ बाबा विद्यापिठ विद्यालयमा अध्ययनरत सम्पुर्ण ५५ जना विद्यार्थीहरुको लागि पोसाक बितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका जिल्ला सह सचिव बासुदेव रिमालले देवदह जेसिस २०१५ मा स्थापना भएदेखि नै विभिन्न क्षेत्रमा निरन्तर सामाजिक कार्य गर्दै आइरहेकोमा जेसीसको प्रशंसा गरेका थिए । युवाहरूले सामाजिक कार्यलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा जेसिसका पुर्ब अध्यक्ष बिजय गुरुङले देवदह जेसिस अन्य संस्था जस्तो नभै आफ्नो स्थापना दिवसको आवसरमा पनि सामाजिक कार्यमै समर्पित हुने संस्था भएको बताएका थिए ।
देवदह जेसिस २०२२/२३ का अध्यक्ष राजेन्द्र न्यौपानेको अध्यक्षतामा रहेको कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सहसचिब बासुदेव रिमालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमा पुर्ववडाध्यक्ष दामोदर क्षेत्री, साइबाबा शक्तिपिठका ब्यबस्थापन समितीका अध्यक्ष रामचन्द्र पौडेल, प्रधानाध्यापक रामवरण यादव लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन जेसिस २०२२/२३ का महासचिव दुर्गा दाहालले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology