Logo

२०८३, श्रावण २७गते


images
images

देवदह जेसीजको अध्यक्षमा दिपक अधिकारी चयन

देवदह जेसीजको अध्यक्षमा दिपक अधिकारी चयन

images
  • देवदह जेसीजको अध्यक्षमा दिपक अधिकारी चयन
    images
    images

    देवदह । देवदह जेसीज बर्ष २०२५ को अध्यक्षमा युवा व्यवसायी दिपक अधिकारी सर्वसम्मत चयन भएका छन् । आईतवार सम्पन्न साधारणसभा तथा नवौं अधिवेसनबाट मनोनित कार्यकारिणी उपाध्यक्षमा  विजय सापकोटा र अनिल पराजुली चयन भए । 

    images
    images
    images

    महासचिवमा कमला अर्याल, कोषाध्यक्षमा दुर्गा डुम्रे, उपाध्यक्षमा आदर्श पराजुली, गोविन्द पराजुली, पविन्द्र कुमार मल्ल र पवित्रा देवी पौडेल निर्वाचित भएको निर्वाचन आयुक्त दुर्गा दाहलले जानकारी दिए । अधिवेशनले आदर्श देवकोटालाई सह कोषाध्यक्षको जिम्मेवारी सुम्पिएको छ ।

    images
    images
    images

    जेसीज बर्ष २०२४ का अध्यक्ष आनन्द पराजुलीको अध्यक्षतामा भएको साधारणसभा तथा अधिवेसनले कोषाध्यक्ष दिनेश पराजुलीद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन पारीत गरेको छ । 
     
    कार्यक्रममा संस्थापक अध्यक्ष विजय गुरुङ्ग, पुर्व अध्यक्ष सुरेन्द्र अधिकारी, विष्णु न्यौपाने, केशव अधिकारी लगाएतले बोल्दै जेसीज वर्ष २०२४ लाई सिर्जनात्मक तवरले सम्पन्न गरेको भन्दै जेसीज परिवारलाई धन्यवाद ज्ञापन गरे । उनीहरुले आगामी बर्षको लागि निर्वाचित कार्यसमितिलाई समेत निकै सकृयताका साथ काम गर्न सुझाव दिए ।

    images
    images
    images

    बर्ष २०२४ का उपाध्यक्ष कमला अर्यालको स्वागत र महासचिब चित्रबहादुर आलेको सञ्चालनमा कार्यक्रम भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह जेसीज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।