Logo

२०८३, श्रावण २७गते


images
images

देवदह जेसीज उत्कृष्ट युवा पुरस्कार पाठकलाई

देवदह जेसीज उत्कृष्ट युवा पुरस्कार पाठकलाई

images
  • देवदह जेसीज उत्कृष्ट युवा पुरस्कार पाठकलाई
    images
    images

    देवदह । देवदह जेसीजले युवा उद्यमी विष्णु पाठकलाई उत्कृष्ट युवा पुरस्कारबाट सम्मान गरेको छ । मंगलवार संस्थाको ११औ पदस्थापन तथा अवार्ड वितरण कार्यक्रममा पाठकलाई उत्कृष्ट युवा पुरस्कार २०२५ बाट सम्मानित गरिएको हो ।

    images
    images
    images

    वि.सं २०७० साल देखि निरन्तर रुपमा देवदह क्षेत्रमा रहि उद्यम गरिरहेका पाठकले करिव ८ करोड लगानीमा पाठक फुडल्याण्ड एण्ट इभेन्ट भेन्यु संचालन गरिरहेका छन् । 

    images
    images
    images

    जेसीजले स्टार मेम्वरको रुपमा संस्थाका सागर अधिकारी र स्टार अफिसरको रुपमा पविन्द्र मल्ललाई सम्मान गरेको छ ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै जेसीजका मानार्थ सदस्य तथा देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिरा बहादुर खत्रीले समाजमा युवाको नेतृत्व विकास गर्न जेसीजले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । जेसीजको बर्ष २०२५, उत्कृष्ट वर्षको रुपमा देशभर चिनिएको उल्लेख गर्दै उनले बर्ष २०२६ ले यो उचाइलाई कमजोर बनाउन नहुनेमा जोड दिए ।

    जेसी वर्ष २०२५ का अध्यक्ष दिपक अधिकारीले आफ्नो कार्यकाल सफल वनाउन महत्वपूर्ण भुमिका खेलेको प्रति सबैलाई धन्यवाद ज्ञापन गरे । आफ्नो कार्यकालमा देवदह जेसीजले राष्ट्रिय नेतृत्वका लागि प्रयास गरेको उल्लेख गर्दै त्यसमा मातृ शाखा बुटवल जेसीज र छिमेकी शाखाहरुले महत्वपूर्ण भुमिका खेलेको बताए । 

    संस्थापक अध्यक्ष विजय गुरुङ मानार्थ सदस्य बासु रिमाल, दामोदर क्षेत्री, अर्जुन पोखरेल, प्रदिप तिवारी, परशुराम कँडेल लगाएतको उपस्थितिमा भएको कार्यक्रममा वर्ष २०२५ का अध्यक्ष अधिकारीले वर्ष २०२६ को नेतृत्वका लागि विजय सापकोटाको टिमलाई पद हस्तान्तरण गरे ।

    अनिल पराजुलीको स्वागत र सुरेन्द्र अधिकारी तथा आनन्द पराजुलीको सञ्चालनमा भएको कार्यक्रममा संस्थाद्धारा प्रकाशित ‘कृति’ नामक स्मारिका बिमोचन गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह जेसीज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।