देवदह । देवदह जेसीजले लक्ष्मी आधारभुत विद्यालय देवदह-१ का विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाको १०औं स्थापना दिवसको अवसर पारेर विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
सो क्रममा विद्यालयमा अध्ययनरत ८७ जना विद्यार्थीलाई कापी, पेन्सील, साप्नर लगाएत सामग्री प्रदान गरिएको देवदह जेसीज वर्ष २०२५ का अध्यक्ष दिपक अधिकारीले जानकारी दिए । ‘जेसीजले युवा सशक्तिकरणसँगै सामाजिक क्रियाकलापमा समेत सक्रिय सहभागिता जनाउने गर्छ । विद्यालयका बालबालिका भोलीका यूवा र भविष्यको कर्णधार समेत हो ।’ उनले भने, ‘त्यसैले स्थापना दिवसको अवसर पारेर वालवालिकालाई शैक्षिक सामग्री प्रदान गरेका हौं ।’
जेसीजले लक्ष्मी आधरभुत विद्यालयमा अध्ययनरत ७ जना विद्यार्थीलाई विद्यालय पोषाक समेत वितरण गरेको जनाएको छ ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका पूर्व नगरप्रमुख तथा देवदह जेसीजका मानार्थ सदस्य हिराबहादुर खत्रीले सेवा भावका साथ गरीने सामाजिक कार्यले सन्तुष्टि मिल्ने बताए । देवदह जेसीजले यस क्षेत्रमा गरिरहेको काम उत्कृष्ट रहेको बताउँदै उनले आगामी बर्षहरुमा समेत यसलाई निरन्तरता दिन सुझाव दिए ।
कार्यक्रमका विद्यालयमा वडा नं १ का अध्यक्ष दिपक नेपाल विद्यलयका प्रधानाध्यापक मनकला पाण्डे लगाएतले बोल्दै जेसीजले गरेको असल कार्यको लागि धन्यवाद सहित कार्यक्रमको शुभकामना मन्तव्य राखेका थिए ।
जेसीजका अध्यक्ष दिपक अधिकारीको अध्यक्षता, अनिल पराजुलीको स्वागत र दिपेश अर्यालको सञ्चालनमा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology