देवदह । देवदह जेसीजको आयोजनामा लोम अफिसर तालिम देवदहमा सम्पन्न भएको छ । जेसिसमा आवद्ध पदाधिकारीहरूको काम कर्तव्य र अधिकारबारे जानकारी दिन लोम अफिसर तालिम आयोजना गरिएको देवदह जेसीसले जनाएको छ ।
तालिमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रशिक्षक जेसीआई नेपालका प्रशिक्षक मुक्तिनाथ गैरेले जेसीजमा लागेका व्यक्तिहरुले व्यक्तित्व विकास गर्दै समाजमा सकरात्मक परिवर्तन गर्न अहम भूमिका खेल्नुपर्ने बताए । जेसीज नेतृत्व विकास गर्ने थलो भएको उल्लेख गर्दै प्रशिक्षक गैरेले जेसीजमा सिकेका कुराहरु समाजमा लैजानुपर्नेमा जोड दिए ।
देवदह जेसीज बर्ष २०२४ ले बर्षभरि तय गरेको कार्यक्रम अन्र्तगत रहेर उक्त कार्यक्रम आयोजना गरिएको देवदह जेसीज बर्ष २०२४ का अध्यक्ष आनन्द पराजुलीले जानकारी दिए ।
देवदह जेसीजका अध्यक्ष आनन्द पराजुलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा देवदह जेसीजका संस्थापक अध्यक्ष विजय गुरुङ्ग, संस्थापक कार्यकारिणी उपाध्यक्ष दिपक अधिकारी, देवदह जेसीज बर्ष २०२४ का महासचिव जेसी चित्रबहादुर आले, कार्यकारिणी उपाध्यक्ष कमला अर्यालसहित देवदह जेसीजका पूर्व अध्यक्ष, सञ्चालक समिति र सदस्यहरुको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology