काठमाडौं । भदौ ७ गते नेपालबन्दको आह्वान गरिएको छ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा सहित ४ दलले नेपाल बन्दको आह्वान गरेका हुन् ।
शुक्रबार संघर्षका कार्यक्रमहरू सार्वजनिक गर्दै नेपाल कम्युनिस्ट पार्टीका (विप्लव समूह), वैज्ञानिक समाजवादी कम्युनिस्ट, नेकपा माओवादी समाजवादी र नेपाल कम्युनिस्ट पार्टी (ऋषि कट्टेल समूह)ले नेपाल बन्दको आह्वान गरेका छन ।
एमसीसी सम्झौताको विरोध, विप्लवसंग गरिएको ३ बुँदे सम्झौताको पालना लगायतका विषयमा चरणबद्ध आन्दोलन गर्ने र नेपाल बन्दको आह्वान गर्ने विज्ञप्तिमा जनाईएको छ । देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालहरूमा संघर्ष गर्ने विज्ञप्तिमा उल्लेख छ ।
सार्वजनिक कार्यक्रम अनुसार ४ दलिय मोर्चाले भदौ १ गते देशव्यापी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, ४ गते देशव्यापी विरोधसभा तथा काठमाडौं उपत्यकाको माईतिघर मण्डलामा केन्द्रीय विरोधसभा गर्ने, ६ गते देशव्यापी मसाल जुलुस र ७ गते नेपाल बन्द घोंषणा गरेको छ ।
जारी विज्ञप्तिमा नेकपा (विप्लव) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्टका महासचिव आहुति, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी ‘शुसिल’ले हस्ताक्षर गरेका छन् । 
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology