Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

विप्लवलाई यताउता भड्किन छाडेर नेकपामै आउन प्रचण्डको आग्रह

विप्लवलाई यताउता भड्किन छाडेर नेकपामै आउन प्रचण्डको आग्रह

images
  • विप्लवलाई यताउता भड्किन छाडेर नेकपामै आउन प्रचण्डको आग्रह
    images
    images

    काठमाडौं  । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई यताउता भड्किन छाडेर नेपाली कम्युनिस्ट पार्टीमै फर्किन आग्रह गरेका छन् । विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट विद्रोह गरी चिरञ्जीवी ढकालसहित विभिन्न तहका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा स्वागत गर्दै प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।

    images
    images
    images

    उनले जेन्जी आन्दोलनपछि विप्लव राजनीतिक रूपमा ठूलो तुहिँलोभित्र हराएको टिप्पणी गर्दै इतिहासमा विरलै प्राप्त हुने अवसर गुमाएको बताए । प्रचण्डले भने- 'हामीले नेपाली कम्युनिस्ट पार्टी यसै आवेगमा बनाएका होइनौँ। एकताको प्रक्रियामा तपाईंहरूले निकै ठूलो महत्व पाउँदै हुनुहुन्थ्यो ।'

    images
    images
    images

    समाजवादी मोर्चालाई नै नेपाली कम्युनिष्ट पार्टीको रुपमा अगाडि बढाउन चाहेको आफु र माधव नेपाले विप्लवलाई निकै ठुलो महत्व दिएको भएपनि एकताबाट विप्लव विना कारण पछाडि हटेको उनको भनाई थियो ।

    images
    images
    images

    एकतामा समावेस नभएपनि विप्लवप्रति आफ्नो कुनै घृणा वा आक्रोश नरहेको स्पष्ट पार्दै उनले नेकपा नै विप्लव समूहको वास्तविक घर भएको उल्लेख गरे । उनले भने- 'यताउता भड्किनुपर्ने कुनै आवश्यकता छैन। आजभोलि यताउता भड्किँदा केही हुनेवाला छैन ।'

    प्रचण्डले पुरानो सहयात्रीको नाताले आफुले विप्लवलाई माया र भरोसा गरेको बताउँदै आत्मसमिक्षा गरी नेकपामै फर्किन आग्रह गरे । उनले अझै पनि नेकपामा समावेश भई अघि बढ्ने अवसर बाँकी रहेको बताए । उनले भने- 'यो आत्मसमिक्षा गर्ने बेला हो। तपाईंहरूको अवसर अझै गुमिसकेको छैन ।'

    सो क्रममा प्रचण्डले निर्वाचन नजिकिँदै गर्दा पनि देशको असहज परिस्थिति पूर्णरुपमा समाधान नभैसकेको उल्लेख गरे । नेकपा माओवादीका नेताहरूलाई पार्टीमा स्वागत गर्दै उनले देश फेरि अर्को दुर्घटनातर्फ जान सक्ने खतरा औँल्याए ।

    उनले भने- 'चुनाव अगाडि छ, तर यो चुनावले के दिन्छ भन्नेबारे अझै कन्फ्युजन छ । यदि हामी एकताबद्ध भएर देशव्यापी अभियानमा गएनौँ भने देश फेरि अर्को दुर्घटनातिर जान सक्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विप्लव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।