Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

फुट्यो विप्लव नेतृत्वको पार्टी, चिरन पुन समूहले गर्यो विद्रोह

फुट्यो विप्लव नेतृत्वको पार्टी, चिरन पुन समूहले गर्यो विद्रोह

images
  • फुट्यो विप्लव नेतृत्वको पार्टी,   चिरन पुन समूहले गर्यो विद्रोह
    images
    images

    काठमाडौँ । नेक्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीमा विवाद देखिएको छ । विप्लव नेतृत्वको नेकपाले हालै निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएपछि अर्को समुह चिरन पुन (मिलन सी) को नेतृत्वले छुट्टै भेला गरेर समाजवादी मोर्चामा रहेका दलहरूबीचको एकताको पक्षमा उभिने निर्णय गरेको छ । 

    images
    images
    images

    विप्लवसहितका नेताहरु प्रचण्डको नेतृत्वमा माओवादीमा एकता गर्न नमानेपछि चिरन पक्ष भने माओवादी केन्द्रसँग एकता गर्ने पक्षमा उभिएको हो ।

    images
    images
    images

    विवादका विषयमा लेख्दै चिरन पुनले भनेका छन्: 

    images
    images
    images

    आरम छु आरमै चाहन्छु । निकै मीठो हाम्रो सहकार्य भएको अब १३ बर्ष पूरा भएर १४ बर्षमा लाग्दै छ । एकताको बिषयमा हाम्रो कुरा मिलेन । कम्युनिस्ट क्रान्तिकारीहरुको एकता आजको अनिवार्य आवस्यकता हो । बृहत कम्युनिस्ट एकताले मात्र नेपाली बिशेषताको समाजवाद हुँदै समाजवाद र साम्यवादी सपना पूरा हुन सक्छ । तपाईंको भुमिका बृहत कम्युनिस्ट एकता र ध्रुवीकरणमा आवस्यक छ । त्यसको निम्ति हजुरले पनि  छिट्टै  एकताको पहल गर्नुहुनेछ भन्ने अपेक्षा राख्दछु । यो नै नवौ केन्द्रीय समितिको विशेष बैठकको दिशा निर्देश र आजको वस्तुगत आवास्यकताले बिभाजित कम्युनिस्ट आन्दोलनलाई दिएको सन्देश हो । छिट्टै एकताको पहल गर्नुहुनेछ । फेरि छिट्टै हाम्रो भेट हुने अपेक्षा राखेको छु, अभिवादन ।

    माओवादी केन्द्रसँग एकता गर्ने तयारी भएको बेला एकीकृत समाजवादी फुटको संघारमा पुगेकै समयमा विप्लव नेतृत्वको नेकपामा पनि विभाजनको रेखा कोरिएको छ । पुनले आज पत्रकार सम्मेलन गरी नयाँ पार्टी घोषणा गर्दैछन  । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विप्लव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।