Logo

२०८३, आश्विन १०गते


images
images

साउन मै खडेरी: रुरुक्षेत्रमा फुटेन पानीको मूल, सुक्यो धानबाली

साउन मै खडेरी: रुरुक्षेत्रमा फुटेन पानीको मूल, सुक्यो धानबाली

images
  • सेतोमसी सहकर्मी
  • साउन मै खडेरी: रुरुक्षेत्रमा फुटेन पानीको मूल, सुक्यो धानबाली
    images
    images

    कृष्ण अन्जान, गुल्मी । मौसम विज्ञान बिभागले मनसुन शुरु हुनु अगावै याे वर्ष अत्यधिक पानीपर्ने बताएकाे थियाे । तर रुरुक्षेत्र गाउँपालिकामा ओैसत भन्दा ७० प्रतिशत कम वर्षा भएकाे छ ।

    images
    images
    images

    साउन करिब सकिएकाे छ तर पानी भने अत्यन्तै कम परेकाे छ र गाउँ घरमा प्रचण्ड गर्मी छ ।

    images
    images
    images

    साउनकै पहिलो हप्तामा झरि परेपछि मुलफुटेर साेस्साउँदै बग्ने रुरुक्षेत्र गाउँपालिकाभित्रका तालखाेला, जौखाेला सुकेका छन ।

    images
    images
    images

    "साउनमा पनि यस्तो खडेरी त कहिल्यै जानिएकाे थिएन" रुरुक्षेत्र ३ का बासिन्दा कृष्ण राज ज्ञवालीले भने ।

    पानी नपरेर खाेला खाेल्सा खाल्सीमा मुल नफुटेपछि दुईचार जनाले लगाएको धानखेती पनि सुक्ने अवस्थामा छन ।
    साउनमा राम्ररी पानी परे मकैपनि राम्रो उत्पादन हुने र पाेषिलाे गेडा लाग्ने हुन्छ तर याे वर्ष पानी नपरेपछि मकैकाे उत्पादन पनि घट्ने अनुमान गरिएकाे छ ।

    चारपाते हुँदा नै फौजि किराेले ध्वस्त पारेकाे मकैकाे बाेटमा पानी परेर गुवामा पुगेपछि फौजिकिराे मर्ने र मकै फल्ने आशा गरिएपनि पानी नपरेपछि मकैकाे समेत बेहाल छ र याे वर्ष मकै उत्पादन कम हुने देखिएकाे छ ।

    गाउँ घरमा अलीअली भएकाे मकै पनि बाँदरले दिउँसमा सखाप पार्ने र रातिमा बँदेल र दुम्सीले मकैमा दाईँ खेलेर हैरान पर्दै गर्दा प्रकृतिकाे खडेरीले झनै दुर्दशा थपेकाे सिँदुरेका कृष्ण ज्ञवालीले गुनासाे गरे ।

    रुरुक्षेत्रकाे च्यूरेक, थानपति, ग्वादि भट्कुवा र  बलेटक्सार क्षेत्रमा सिँचाइकाे असुविधाले किसानहरु त्यसै त मर्कामा छन । आकाशे पानीकाे भरमा रहेकाे यहाँका किसानहरुलाई याे वर्ष प्रकृतिले पनि मज्जाले ठगेकाे  छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।