२९ वैशाख बुटवल- कोरोनाको दोस्रो लहरले सबै ठाउँ आक्रान्त बनाएको बेला जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले रुपन्देहीमा थप निशेधाज्ञा गर्न सिफारिस गरेको छ । डीसीसीएमसीको बैठकको सिफारिस अनुसार जेष्ठ १३ गते बिहान ६ बजेसम्म निषेधाज्ञा थप हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुसार उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध छलफल गरेर निशेधाज्ञा थप गर्न लागिएको हो ।
निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन पाइने छैन । आवश्यक बाहेकका पसल व्यवसाय बन्द हुनेछन । सुरक्षा निकाय, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन फोहर मैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु मात्र चल्न पाउने छन ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा अवज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology