Logo

२०८३, मंसिर १४गते


images
images

क्रिकेट

अस्ट्रेलियालाई ७ रनले हराउँदै इंग्ल्यान्डले एक खेल अघिनै जित्यो टी–२० सिरिज

अस्ट्रेलियालाई ७ रनले हराउँदै इंग्ल्यान्डले एक खेल अघिनै जित्यो टी–२० सिरिज

images
  • अस्ट्रेलियालाई ७ रनले हराउँदै इंग्ल्यान्डले एक खेल अघिनै जित्यो टी–२० सिरिज
    images

    काठमाडौं । इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको पाँच खेलको टी–२० सिरिज एक खेल बाँकी छँदै ३–१ ले जितेको छ । आइतबार सिड्नीमा भएको चौथो खेलमा अस्ट्रेलियालाई ७ रनले पराजित गर्दै इंग्ल्यान्डले सिरिज आफ्नो पक्षमा पारेको हो ।  

    images
    images
    images

    पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो । उसका साम करनले अविजित ५० रन बनाए । जेम्स कोल्सले ३३ रनको योगदान दिए ।

    images
    images

    १८२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन मात्रै बनाउन सक्यो । अस्ट्रेलियाका कप्तान मिचेल मार्सले ५७ बलमा ११९ रनको आक्रामक इनिङ्स खेले पनि टोलीलाई जिताउन सकेनन् ।

    images

    इंग्ल्यान्डका हेनरी क्रोम्बले ३ विकेट लिए भने आदिल रसिद र जेमी ओभरटनले पनि महत्त्वपूर्ण विकेट लिए । अन्तिम ओभरमा अस्ट्रेलियालाई १२ रन आवश्यक हुँदा क्रोम्बले मार्स र जोएल डेभिसलाई लगातार बलमा आउट गर्दै इंग्ल्यान्डको जित सुनिश्चित गरेका थिए । 

    यसअघि पहिलो खेल अस्ट्रेलियाले ३ विकेटले जितेको थियो भने दोस्रो र तेस्रो खेल इंग्ल्यान्डले क्रमशः ८ विकेट र ७ विकेटले जितेको थियो । अब पाँचौँ तथा अन्तिम खेल डिसेम्बर २ मा क्यानबेरामा हुनेछ ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।