Logo

२०८३, मंसिर ११गते


images
images

क्रिकेट

क्रिकेट अस्ट्रेलियाको स्याण्डपेपर प्रकरण बारे एसेज सिरिजको पनि छानबिन हुने

क्रिकेट अस्ट्रेलियाको स्याण्डपेपर प्रकरण बारे एसेज सिरिजको पनि छानबिन हुने

images
  • क्रिकेट अस्ट्रेलियाको स्याण्डपेपर प्रकरण बारे एसेज सिरिजको पनि छानबिन हुने
    images

    काठमाडौं । क्रिकेट अस्ट्रेलियाले चर्चित स्याण्डपेपर प्रकरणबारे सुरु गरेको स्वतन्त्र छानबिनको दायरा विस्तार गर्दै सन् २०१७-१८ को एसेज सिरिजलाई पनि समेट्ने भएको छ ।

    images
    images
    images

    अस्ट्रेलियाले इंग्ल्यान्डविरुद्ध ४-० ले जितेको उक्त एसेज सिरिजसहित सन् २०१७-१८ को सिजनमा टोलीले अपनाएका बल व्यवस्थापनका अभ्यासबारे पनि छानबिन हुने भएको हो । 

    images
    images

    यसअघि सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्ध खेलेका चारै टेस्ट र त्यसपछि भएको अनुसन्धानलाई समेत छानबिनमा समेटिएको छ ।

    images

    पूर्व खेलाडी उस्मान ख्वाजाको आत्मकथा सार्वजनिक भएपछि सन् २०१८ को केप टाउन टेस्टमा बल टेम्परिङबारे टोलीका सबै सदस्य जानकार रहेको दाबीले यो प्रकरण फेरि चर्चामा आएको थियो । तर प्याट कमिन्स, जोस हेजलवुड, मिचेल स्टार्क र नाथन लायनले उक्त योजनाबारे आफूहरूलाई जानकारी नभएको बताउँदै आएका छन् । कमिन्सले ख्वाजाको दाबीलाई अस्वीकार गरेका छन् ।

    यता डेभिड वार्नर र क्यामरुन बेनक्राफ्टले भने ख्वाजाको भनाइलाई समर्थन गरेका छन् । बल टेम्परिङ प्रकरणमा स्टिभ स्मिथ, वार्नर र बेनक्राफ्टमाथि प्रतिबन्ध लागेको थियो ।

    क्रिकेट अस्ट्रेलियाले दक्षिण अफ्रिका भ्रमणमा संलग्न खेलाडी तथा सहयोगी कर्मचारीलाई छानबिनमा सहभागी हुन आमन्त्रण गर्ने जनाएको छ । उनीहरूलाई सहभागी हुन बाध्य पारिने छैन र यस क्रममा कसैमाथि पनि पुरानो घटनाका आधारमा पुनः कारबाही गरिने छैन ।

    छानबिन छ हप्तासम्म सञ्चालन हुनेछ । क्रिकेट अस्ट्रेलियाले प्रतिवेदन प्राप्त गरेको ३० दिनभित्र त्यसका निष्कर्ष र सुझाव सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ ।

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।