काठमाडौँ । भारतीय तीव्र गतिका बलर मोहम्मद शमीले १३ वर्षको अन्तर्राष्ट्रिय यात्रापछि टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । ३६ वर्षीय शमीले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् ।
शमीले भारतका लागि ६४ टेस्ट खेल्दै २२९ विकेट लिएका छन् । उनी भारतका सफल तीव्र गतिका बलरमध्ये छैटौँ स्थानमा छन् ।
सन् २०१३ नोभेम्बर ६ मा वेस्ट इन्डिजविरुद्ध टेस्टमा पदार्पण गरेका शमीले सन् २०२३ मा अस्ट्रेलियाविरुद्ध विश्व टेस्ट च्याम्पियनसिपको फाइनललाई आफ्नो अन्तिम टेस्ट खेलेका थिए ।
उनले टेस्टबाट सन्यास लिए पनि एकदिवसीय र टी–२० क्रिकेट खेल्न जारी राख्ने बताएका छन् । शमीले आफ्नो करियरमा साथ दिने समर्थक, भारतीय क्रिकेट बोर्ड र बंगाल क्रिकेट संघलाई धन्यवाद दिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology