Logo

२०८३, श्रावण २७गते


images
images

क्रिकेट

एकदिवसीय विश्वकपको नयाँ ढाँचाप्रति एसोसियट्स राष्ट्रहरूको असन्तुष्टि

एकदिवसीय विश्वकपको नयाँ ढाँचाप्रति एसोसियट्स राष्ट्रहरूको असन्तुष्टि

images
  • एकदिवसीय विश्वकपको नयाँ ढाँचाप्रति एसोसियट्स राष्ट्रहरूको असन्तुष्टि
    images
    images

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आगामी एकदिवसीय विश्वकपको प्रतियोगिता ढाँचामा गरेको परिवर्तनप्रति एसोसियट्स राष्ट्रका खेलाडीहरूले तीव्र असन्तुष्टि जनाएका छन् ।

    images
    images
    images

    नामिबिया, नेदरल्यान्ड्स र स्कटल्यान्डका कप्तानहरूले नयाँ व्यवस्था क्रिकेट विस्तारको लक्ष्य विपरीत रहेको भन्दै सार्वजनिक रूपमा आलोचना गरेका छन् ।

    images
    images
    images

    आगामी विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा १४ टोलीको सहभागितामा आयोजना हुनेछ । तर नयाँ ढाँचाअनुसार सबैभन्दा तल्लो वरीयतामा रहेका तीन टोलीबीच प्रारम्भिक चरणमा प्रतिस्पर्धा हुनेछ र त्यसमध्ये दुई टोली केवल दुई खेल खेलेपछि नै प्रतियोगिताबाट बाहिरिनेछन् । यसअघि प्रस्ताव गरिएको सात-सात टोलीका दुई समूह र त्यसपछि दोस्रो चरणको प्रतिस्पर्धा हुने व्यवस्था हटाइएको हो ।

    images
    images
    images

    नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले विश्वकपमा छनोट हुनु कुनै पनि राष्ट्रका लागि ठूलो उपलब्धि भए पनि वर्षौंको तयारीपछि अवसर नै सीमित बनाइनु अत्यन्त निराशाजनक भएको बताएका छन् । उनका अनुसार आईसीसीले विश्वभर क्रिकेट विस्तारको कुरा गरे पनि यस्ता निर्णयले एशोसियटस राष्ट्रलाई उत्कृष्ट टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर झन् घटाएको छ ।

    सन् २०२३ को विश्वकपमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिका र बंगलादेशलाई पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो । तर त्यसपछि उसले पूर्ण सदस्य राष्ट्रविरुद्ध एकदिवसीय खेल खेल्ने अवसर नै नपाएको भन्दै एडवार्ड्सले यस्ता निर्णयले नयाँ पुस्ताका खेलाडीको प्रेरणा पनि कमजोर बनाउने बताए ।

    नामिबियाका कप्तान गेर्हार्ड इरास्मसले विश्वकप केवल अर्को प्रतियोगिता नभई धेरै खेलाडीको करिअरको लक्ष्य हुने बताए । उनका अनुसार विश्वकपमा पुग्न कठिन छनोट प्रक्रिया पार गरेपछि पनि वास्तविक प्रतिस्पर्धा गर्ने अवसर नपाउनु सहायक राष्ट्रप्रति लामो समयदेखि भइरहेको विभेदकै निरन्तरता हो ।

    विश्व खेलाडी संघले पनि आईसीसीको निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ । संघका प्रमुख कार्यकारी अधिकृत टम मोफाटले पर्याप्त परामर्श, पारदर्शिता र स्पष्ट जानकारीबिनै प्रतियोगिताको आधारभूत ढाँचा परिवर्तन गर्नु उचित नभएको बताएका छन् । उनका अनुसार वर्षौंदेखि तय गरिएको छनोट प्रणालीअनुसार राष्ट्र र खेलाडीहरूले लगानी गरिसकेपछि अन्तिम समयमा गरिएको यस्तो परिवर्तनले उनीहरूको योजनामै असर पुर्‍याएको छ ।

    स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले खेलाडीहरूले सबै निर्णय आफैं गर्न खोजेका होइनन्, तर उनीहरूको करिअर र खेलको भविष्यमा प्रत्यक्ष असर पार्ने विषयमा अर्थपूर्ण परामर्श हुनुपर्ने बताए । स्कटल्यान्डका जर्ज मन्सी, नेदरल्यान्ड्सका म्याक्स ओ'डाउड र लोगन भान बिकले पनि नयाँ ढाँचाको खुलेर विरोध गरेका छन् ।

    आयरल्यान्डका कप्तान पल स्टर्लिङले ४८ टोली सहभागी फुटबल विश्वकपले नयाँ राष्ट्रलाई अवसर दिएर प्रतियोगिताको आकर्षण बढाएको उल्लेख गर्दै क्रिकेटले पनि त्यस्तै सोच अपनाउनुपर्ने धारणा राखेका छन्। 

    यता आईसीसीले भने नयाँ ढाँचाले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र दर्शकमैत्री बनाउने दाबी गरेको छ । आईसीसीका अनुसार यस व्यवस्थाले उदाउदा टोलीलाई पनि विश्व क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर उपलब्ध गराउनेछ । साथै आईसीसीले पछिल्ला वर्षहरूमा क्रिकेटको विस्तारका लागि एकदिवसीयभन्दा छोटो ढाँचालाई प्राथमिकता दिँदै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।