काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ को सिरिज र युके प्रिपेरेसन टूरको लागि रोहित पौडेलको कप्तानीमा नेपाली टिमको घोषणा गरेको छ ।
क्यानले १५ सदस्यीय टिममा विनोद भण्डारी र अर्जुन कुमाललाई समावेश गरेको छ । त्यस्तै साहब आलम, हेमन्त धामी, आकाश चन्द, युवराज खत्री र सन्दीप जोरालाई वैकल्पिक खेलाडीको रुपमा राखेको छ ।
नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, इशान पाण्डे, आरिफ सेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजबंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन् ।
यस टूर अन्तर्गत नेपालले जर्सीसँग जुलाई १३ र १५ मा दुई अभ्यास खेल खेल्ने तालिका छ भने लिग-२ को सिरिजमा जुलाई २१ देखि ३१ जुलाईसम्म नेदरल्याण्डस र नामिबियासँग नेदरल्याण्डसमा खेल्ने छ ।
नेपाल लिग-२ मा हाल २८ खेलमा २४ अंकसहित पाँचौं स्थानमा छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology