Logo

२०८३, मंसिर १४गते


images
images

जीप दुर्घटना

सिन्धुलीमा जीप दुर्घटना, चालकसहित पाँच जना घाइते

सिन्धुलीमा जीप दुर्घटना, चालकसहित पाँच जना घाइते

images
  • सिन्धुलीमा जीप दुर्घटना, चालकसहित पाँच जना घाइते
    images

    काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका-३, झुंगास्थित मदन भण्डारी राजमार्गमा जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन् ।

    images
    images
    images

    आइतबार दिउँसो काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा.प्र.०१-०२८ च २७८३ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    images
    images

    दुर्घटनामा सुनसरीको बराहक्षेत्र नगरपालिका-८ का ४२ वर्षीय चालक मातृका भट्टराई गम्भीर घाइते भएका छन् । उनकी श्रीमती प्रमिला भट्टराई, छोरा आयन्स भट्टराई र रेनुका सुवेदी भट्टराई मध्यम घाइते भएका छन्। त्यस्तै, १३ वर्षीय अतर्व भट्टराई सामान्य घाइते भएका छन् ।

    images

    प्रहरीले सबै घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

     

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जीप दुर्घटना
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।