Logo

२०८३, आश्विन ९गते


images
images

स्थानीय उत्पादनकाे प्रबर्द्धन : रुरुक्षेत्र गाउँपालिका कार्यालयमा गुँडकाे चियाले स्वागत  

स्थानीय उत्पादनकाे प्रबर्द्धन : रुरुक्षेत्र गाउँपालिका कार्यालयमा गुँडकाे चियाले स्वागत  

images
  • सेतोमसी सहकर्मी
  • स्थानीय उत्पादनकाे प्रबर्द्धन : रुरुक्षेत्र गाउँपालिका कार्यालयमा गुँडकाे चियाले स्वागत  
    images
    images

    कृष्ण अन्जान, गुल्मी । रुरुक्षेत्र गाउँपालिकाकाे कार्यालय पुग्दा नौलाे अनुभुति भयाे । जुनसुकै कार्यालयहरुमा पुग्दा परम्परागत रुपमा राताे अथवा सेताे चियाकाे व्यवस्था हुन्छ नै । तर यहाँ भने गाउँपालिका अध्यक्षलाई भेट्न जानेहरुले चियाकाे फरक स्वाद पाउँछन् ।

    images
    images
    images

    भर्खरै भारि लाेकप्रिय मतले विजय बनेका युवा यदु ज्ञवालीकाे कार्यकक्षमा पुग्दा समस्याका चाँग बाेकेर जानेहरु धेरै देखिन्थे । यत्तिकैमा चिया पिउने चर्चा चल्याे । चियाकाे अर्डर भयाे । चिया आयाे तर परम्परावादी चियाकाे स्वाद भन्दा फरक थियाे । लाग्थ्यो कफि समेत मिसाईएकाे जस्तै तर त्याे चिया रुरुक्षेत्रकाे दार्सिँगवास र थानपतिमा उत्पादन हुने गुँडकाे थियाे र अझै त्यसमा पनि हाडे गुँडकाे ।

    images
    images
    images

    कार्यालयमा चिया पिउने कुरा सामान्य हुन सक्छ तर रुरुक्षेत्र गाउँपालिकाले आफ्नाे पालिकाभित्रका किसानले उत्पादन गरेकाे गुँड प्रयाेग गरेर चिया पिउने कुराले ठुलाे महत्त्व राख्छ । received_737157567506677.jpeg

    images
    images
    images

    रुरुक्षेत्र गाउँपालिकाकाे वडान ४ भित्र पर्ने दार्सिँगवास र वडा न ३ उँखु खुदाे र गुँड उत्पादनका लागि प्रख्यात छ ।
    याे क्षेत्रमा उत्पादन हुने खुदाे र गुँडकाे माग अत्यधिक छ । दर्जनौं किसानहरु गुँड उत्पादनमै व्यस्त छन र व्यवसायीक बनेका छन ।

    हामीले उँखुउत्पादनसँग यहाँका किसानलाई आत्मनिर्भर बनाउने अभियान थालेका हौँ । धेरै किसानहरु व्यवसायीक बन्नु भएकाे छ । "अझै  यहाँकाे उत्पादनलाई गाउँपालिकाबाटै चियामा प्रयाेग गरेर गुँड व्यवसायीलाई प्राेत्साहन गरेकाेमा खुशि लागेकाे छ" उँखु ब्लक सन्चालक समितिका सँयाेजक रहिसकेका हुतराज गौतमले भने ।

     रुरुक्षेत्र गाउँपालिका वडा नं. ३ माझगाउँका दिलबहादुर क्षेत्रीकाे दिनचर्या ताउलामा गुँड घाेट्नै मै बित्छ ।
     बिहानै उठेदेखि उनी र उनकी जीवन संगीनी उर्मिला क्षेत्री गुँड उत्पादन गर्नमै व्यस्त हुन्छन ।
       
    याे क्षेत्रमै गुँड उत्पादनमा अग्रणी किसान क्षेत्री केही वर्षदेखि व्यवसायीक गुँड उत्पादनमा कृयाशिल मात्र छैनन, उनले पारेकाे गुँड बुटवल नारायण गढ देखि काठमाडौं सम्म पुग्छ ।
       
       
    महिनाकाे १५ देखि २० क्विन्टल गुँड उत्पादन गरेकाे बताउने दिल बहादुरलाई यतिबेला गुँड उत्पादनमा यति रस बसेकाे छ कि याे नै उनकाे  संसार हाे । "जति पारेपनि पुर्याउनै सकिदैन, दिनैपिच्छे थाेर्गेली गुँडकाे माग बढिरहेको छ दिल" बहादुर भन्छन ।
       
    थाेर्गा उखु खुदाे र गुँडकाे उत्पादनका लागि यतिबेला प्रसिद्ध भएकाे छ । मुख्य रुपले यहिक्षेत्रकाे खुदाेबाट उत्पादन हुने गुँड अर्गानिक छ ।

    दिल बहादुर जस्तै याे गाउँका इन्दुवर ज्ञवाली, चाेलानाथ ज्ञवाली, रामचन्द्र ज्ञवाली र लेखनाथ ज्ञवाली पनि कहलिएका गुँड उत्पादक किसान हुन ।
     
    "मैले उत्पादन गरेकाे गुँड काठमाडौकाे बजारमा जान्छ , यहाँबाट उत्पादन गरेर पठाउछु सजिलै उचित मुल्यमा बिक्छ इन्दुवर ज्ञवालीकाे भनाई छ ।

    गाउँको उत्पादनलाई गाउँपालीकाले चियामा प्रयाेग गरेर गुँड उत्पादक किसानहरुलाई झनै हौसला मिलेकाे उनकाे भनाई छ ।
    बिहानै देखि गुँड घाेट्न व्यस्त रहने यी गुँड उत्पादक किसान हरुले हरेकले दिनकाे एक क्विन्टल गुँड उत्पादन गर्छन ।
      किलाेकाे बजार मूल्य एक सत्तरी हाेलसेलमा जाने गुँड काठमाडौकाे बजारमा पुग्दा तीन सय रुपैयाँ किलाेमा बिक्री हुने गरेकाे छ ।

    दिलबहादुर ले बर्षभरिमा तिसलाख भन्दा बढिकाे गुँडकाे काराेबार गर्नु हुन्छ जुन ग्रामीण क्षेत्रमा ठुलै व्यवसाय हाे ।  यहाँ उत्पादन हुने  गुँडमा मसालेदार , फसफसे , हाडे र चाम्रे हाे र यी चारै प्रकारका गुँडकाे स्वाद स्वादिष्ट मात्र हाेईन स्वस्थ बर्धक छन ।

        
    थाेर्गाबाट आफन्त कहाँ पाहुर लैजान किलाेका किलाे गुँड बिक्छ उत्ति अर्डर आउँछ पुर्याउनै गाह्राे मात्र छैन, गुँड पार्न भ्याई नभ्याई छ ।

    यी किसानहरुले वर्ष भरिनै गुँड पार्छन  र जहिले पनि उनिहरुकाे  घरमा गुँड उपलब्ध छ ।   लामाे समय बैदेशिक राेजगारी बाट फर्केपछि दिलबहादुर लाई आफ्नै गाउँमा फर्केर व्यवसाय गर्ने रहर जाग्याे र करिब पाँच वर्ष देखि यहि पेशालाई आफ्नाे व्यवसाय बनाएका हुन ।
    इन्दुवर ज्ञवाली पुर्व नेपाल आर्मीका रिटायर्ड हुन भने लेखनाथ ज्ञवाली पुर्व शिक्षक हुन  । गुँड उत्पादक रामचन्द्र ज्ञवाली र चाेलानाथ ज्ञवाली गाउँका राम्रा किसान हुन ।
     
    सुरुसुरुमा याे पेशाले जीवन धान्न सकिन्छ कि सकिन्न भन्ने पिरलाेमा रहेका यी किसानहरु  लाई गुँड पार्ने व्यवसायमा यसरी टक बस्याेकि यहि पेशाले जीवन धान्न परिवारकाे लालन पालन गर्ने एउटा बलियाे आधार बनेकाे उनीहरुकाे भनाई छ ।

    गुँड उत्पादक किसानहरु खुदाे  र गुँडकाे मुल्यमा एकरुपता कायम हाेस भन्ने चाहन्छन । याे काम गाउँपालिकाले गर्नु पर्ने देखिन्छ ।
       
    यतिबेला यी किसानहरुका  पौरखी हातहरु गुँडका ताउलामा नाचिरहेका मात्र छैनन समृद्धि तर्फ पनि उन्मुख छन । गत वर्ष मात्रै करिब डेढ कराेडकाे गुँडकाे व्यापार गरेका यी उधमी किसानहरुले करिब दुई कराेडकाे गुँडकाे काराेबार गर्ने लक्ष्य लिएका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।