Logo

२०८३, मंसिर ७गते


images
images

दुर्घटना

ओखलढुङ्गामा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते

ओखलढुङ्गामा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते

images
  • ओखलढुङ्गामा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते
    images

    ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-२ खनेखर्कस्थित निशंखे-ओखलढुङ्गा भित्री कच्ची सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

    images
    images
    images

    सोमबार बिहान निशंखेबाट सिद्धिचरण नगरपालिका-८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १-०७-००१ ज ०००५ नम्बरको बोलेरो जिप सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको हो ।

    images
    images

    दुर्घटनाको खबर पाएलगत्तै प्रहरी चौकी निशंखे, अस्थायी प्रहरी पोष्ट मिलनचोक, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरेको थियो । उनीहरूलाई उपचारका लागि सामुदायिक अस्पताल ओखलढुङ्गा पठाइएको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    images

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • # बोलेरो
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।