हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका-भैंसेमा सुमो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौंका लागि आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो जिप घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेर दुर्घटना भएको जानकारी दिएको छ ।
घाइतेहरूलाई तत्काल प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा बिहान ९:२० बजे चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका हुन् ।
सुमोमा चालकसहित १० जना सवार रहेको बताइएको छ । दुर्घटनाको कारण र मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology