Logo

२०८३, मंसिर ७गते


images
images

एसिया कप राइजिङ स्टार्स: भारत ए पाकिस्तान ए सँग ४८ रनले पराजित

एसिया कप राइजिङ स्टार्स: भारत ए पाकिस्तान ए सँग ४८ रनले पराजित

images
  • एसिया कप राइजिङ स्टार्स: भारत ए पाकिस्तान ए सँग ४८ रनले पराजित
    images

    काठमाडौं । जारी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा पाकिस्तान ‘ए’ले भारत ‘ए’लाई ४८ रनले पराजित गरेको छ ।

    images
    images
    images

    कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार राति सम्पन्न भएको समूह ‘बी’को खेलमा पाकिस्तान ‘ए’ले दिएको ३१४ रनको लक्ष्य पछ्याएको भारत ‘ए’ ४९.१ ओभरमा २६५ रनमा समेटिएको थियो ।

    images
    images

    भारतका लागि कप्तान तिलक वर्माले उत्कृष्ट ब्याटिङ गर्दै १४९ बलमा १०० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । उनले आफ्नो इनिङ्समा ५ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै, अभिषेक शर्माले ४२ बलमा ७० रन बनाए भने शहबाज अहमदले ५६ रनको योगदान दिए ।

    images

    एक समय कमजोर अवस्थामा पुगेको भारतलाई तिलक र शहबाजले सातौँ विकेटका लागि ११२ रनको साझेदारी गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । तर अन्य ब्याटरले साथ दिन नसक्दा भारत लक्ष्यसम्म पुग्न सकेन । पाकिस्तानका अली रजाले ३ तथा हसन नवाजले ३ विकेट लिए । मोहम्मद इमरान रन्धावाले २ विकेट हात पारे ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ले ४९.२ ओभरमा सबै विकेट गुमाएर ३१३ रन बनाएको थियो । पाकिस्तानका लागि हसन नवाजले सर्वाधिक ७९ रन बनाए भने माज सदाकतले ५९, फरहान युसुफले ५६ र सामिल हुसेनले ३३ रन बनाए। कप्तान अब्दुल समदले २८ रनको योगदान दिए । भारतका हर्षित राणाले २ तथा प्रिन्स यादवले २ विकेट लिए । सूर्यांश शेड्गे र विप्रज निगमले पनि २–२ विकेट हात पारे ।

    यस जितसँगै पाकिस्तान ‘ए’ समूह ‘बी’को शीर्ष स्थानमा पुगेको छ र सेमिफाइनलमा छनौट भएको छ । पाकिस्तान ए ले अब मंगलबार नेपालसँग खेल्ने छ । त्यस्तै भारत ‘ए’ले समूह चरणको आफ्नो अन्तिम खेलमा संयुक्त अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्नेछ । 

     

     

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।