Logo

२०८३, आश्विन ९गते


images
images

विद्यालय छुट्टी भएपछि घाँस काट्न शिक्षक, विद्यार्थी र अध्यक्ष चौरमा

विद्यालय छुट्टी भएपछि घाँस काट्न शिक्षक, विद्यार्थी र अध्यक्ष चौरमा

images
  • विद्यालय छुट्टी भएपछि घाँस काट्न शिक्षक, विद्यार्थी र अध्यक्ष चौरमा
    images
    images

    देवदह । विगत केही समयदेखि कहिले देवदह नगरपालिकाको बेरुजु अस्वभाविक बढेको त कहिले कर्मचारीले सरकारी सवारी साधनको दुरुपयोग गरेको विषयले सामाजिक संजाल तताईरहेको छ । तर, सबै राजनीतिक नेतृत्व र  कर्मचारीहरू भ्रष्ट हुँदैनन् । जसको उदाहरण बनेका छन्; देवदह नगरपालिका वडा नं. २ स्थित पेटवनिया सामुदायिक आधरभुत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षकहरू ।

    images
    images
    images

    पेटवनिया आधारभुत विद्यालयमा सधैं झै शुक्रबार पनि 'इन्टर्भल' सम्म पढाई भयो । शुक्रवार भएको हुनाले सबै विद्यार्थी र शिक्षकहरू नियमानुसार नै आधादिनपछि घर गएर आराम गर्न सक्थे । तर, न शिक्षक घर गए, नत विद्यार्थी नै । बरू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि बहादुर राना पनि टुप्लुक्क विद्यालय आईपुगे । FB_IMG_1658501574703.jpg

    images
    images
    images

    यसरी सबैजना जुटेर त्यहाँ कुनै भोज हुँदै थिएन । विद्यालयको प्रांगणमा झांगिएको घाँस काट्न उनीहरू एकजुट भएका थिए । विद्यार्थीले स-साना झार गोडमेल गरे भने शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले हसियाँ लिएर घाँस काट्न सुरु गरे ।

    images
    images
    images

     "वर्षे विदा भर्खरै सकिएर विद्यालय सुरु भएकोले पनि होला, विद्यालयको स्वरूप नै विगार्ने गरि प्रांगणमा  झाँगिएको घाँस काट्नै पर्ने भएर काटेका हौँ" विद्यालयकि प्रधानाध्यापक शारदा हिताङले सेतोमसीसंग भनिन् । उनी अगाडि भन्छिन्, "विद्यालयको प्राङ्गण र आसपासको जग्गा  करिव दश कठ्ठामा फैलिएको छ, सफा नगर्ने हो भने गर्मी र बर्षातको मौसम पनि भएकोले सर्प लगायत किराकिरीको पनि डर हुनसक्छ । विद्यालयमा भर्ना भएर पढ्ने हरेक विद्यार्थीलाई सुरक्षित राख्नु पनि हाम्रो दायित्व हो त्यसैले घाँस काटेका हौं ।" FB_IMG_1658501579367.jpg

    त्यसो त यस विद्यालयको अर्को पनि विशेषता छ ।  कक्षा ५ सम्म पढाई हुने यस विद्यालयमा शिक्षक र कर्मचारी सबै महिला छन् । ७४ जना विद्यार्थीहरू अध्ययनरत विद्यालयमा कार्यालय सहयोगीदेखि प्रधानाध्यापकसम्म सबै महिला छन् । 

    यहाँ ६ जना शिक्षका र एक कर्मचारी गरि ७ जना कार्यरत छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।