काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । आज बिहान ११ बजेबाट बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरु हुने भेलाको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।
उपमहासचिव लेखराज भट्टका अनुसार एमालेले आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारीका लागि राष्ट्रिय भेला आयोजना गरिएको हो ।
मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गरेको छ । गत असोज ५ गतेदेखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरुको कार्यान्यवनमा एकरुपमता र पार्टीले गर्नुपर्ने १५ कामका बारेमा छलफल गरिने भट्टले जानकारी दिए ।
भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुने एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । भेलामा ३४१४ प्रतिनिधि सहभागी हुदैछन् ।
भेलालाई अध्यक्ष ओलीसहित वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology