Logo

२०८३, मंसिर २गते


images
images

सोनिया गान्धीको पुस्तकको एक सातामै कीर्तिमानी बिक्री

सोनिया गान्धीको पुस्तकको एक सातामै कीर्तिमानी बिक्री

images
  • सोनिया गान्धीको पुस्तकको एक सातामै कीर्तिमानी बिक्री
    images

    काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसकी नेतृ सोनिया गान्धीको आत्मकथा ‘आफ्नोपन : प्रेमको यात्रा’ एक साताभन्दा कम समयमा दुई लाखभन्दा बढी प्रति बिक्री भएको छ । प्रकाशक हार्पर कोलिन्स इन्डियाका अनुसार पुस्तकले भारतीय प्रकाशन क्षेत्रमा बिक्रीका विभिन्न कीर्तिमान कायम गरेको छ ।

    images
    images
    images

    नोभेम्बर १० देखि बजारमा उपलब्ध पुस्तक नोभेम्बर १६ मा नयाँ दिल्लीमा औपचारिक रूपमा सार्वजनिक गरिएको थियो । प्रकाशकका प्रमुख कार्यकारी अधिकृत अनन्थ पद्मनाभनका अनुसार पुस्तक सार्वजनिक भएको पहिलो १० मिनेटमै १५ हजारभन्दा बढी प्रति पाठकसम्म पुर्‍याइएको थियो । उनले यसलाई भारतको प्रकाशन इतिहासमै सबैभन्दा छिटो पाठकसम्म पुगेको पुस्तकसमेत बताएका छन् । 

    images
    images
    images

    पद्मनाभनका अनुसार पुस्तकले सबैभन्दा छिटो बिक्री हुने पुस्तक, पहिलो कृति, गैरआख्यान पुस्तक र आत्मकथाको कीर्तिमान बनाएको छ । पुस्तक सार्वजनिक कार्यक्रममा सोनिया गान्धीका छोरा राहुल गान्धी र छोरी प्रियंका गान्धी पनि सहभागी थिए । सोनियाले पुस्तकप्रति पाठकले देखाएको चासो र मायाबाट आफू अपेक्षाभन्दा बढी उत्साहित भएको बताएकी छन् । 

    images
    images

    पुस्तकमा सोनियाले आफ्नो व्यक्तिगत जीवन, भारत आगमन, राजीव गान्धीसँगको प्रेम र वैवाहिक सम्बन्ध, परिवार तथा भारतीय राजनीतिसँग जोडिएका अनुभव समेटेकी छन् । यसअघि पुस्तक प्रकाशन गर्ने जिम्मेवारी पाएको पेन्गुइन र्‍यान्डम हाउससँग सम्पादनसम्बन्धी विषयमा सहमति हुन नसकेपछि हार्पर कोलिन्सले पुस्तक प्रकाशन गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।