Logo

२०८३, श्रावण २७गते


images
images

स्वास्थकर्मीकाे टाेलीसहित जनप्रतिनिधि गाउँमा

स्वास्थकर्मीकाे टाेलीसहित जनप्रतिनिधि गाउँमा

images
  • सेतोमसी सहकर्मी
  • स्वास्थकर्मीकाे टाेलीसहित जनप्रतिनिधि गाउँमा
    images
    images

    कृष्ण अन्जान, गुल्मी । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नं. १ का जनप्रतिनिधिहरु रुरु स्वास्थ केन्द्रका टाेलि सहित स्थानीय च्यूरेकमा पुगेर स्वास्थसेवा अन्तर्गत काेभिड विरुद्धकाे बुस्टर खाेप कार्यक्रम संचालन गरेका छन ।

    images
    images
    images

    वडा न १ का वडाध्यक्ष नवराज विक,वडा सदस्य घनस्याम ज्ञवाली, रिडीका युवाहरु चिरन्जिवि ज्ञवाली, प्रेम भण्डारी सहितकाे टाेलिले शनिवार स्वस्थकर्मिहरु सहित च्यूरेककाे ठुलापाेखरामा खाेप कार्यक्रममा सहभागी भए ।

    images
    images
    images

    काेभिड विरुद्धको बुस्टर खाेपबाट छुटेका करिब दुईदर्जन नागरिकले घर आँगनमै काेभिड बिरुद्धकाे बुस्टर खाेप लगाउन पाएपछि खुशि देखिएका छन ।

    images
    images
    images

    "गाउँका जनतालाई स्वास्थ केन्द्र नहुदा स्वास्थ सेवालिन रिडी वा थानपतीकाे काेट पुग्नु पर्ने वाध्यता छ । यसरी गाउँमै स्वास्थ सेवा दिने हाे भने सजिलाे हुन्छ । बुढापाकाले दुख पाउँदैनन्" च्यूरेक ठुलापाेखराका युवराज ज्ञवालीले भने ।

     यसअघिका जनप्रतिनिधिहरुसँग प्राथमिक स्वास्थ्य केन्द्रकाे माग गरिनुका साथै दर्जनौं पटक मिडिया मार्फत  गुहारे पनि सम्बन्धित निकायले नसुनेझै गरेकाे स्थानीयको गुनासाे छ ।

    "हामीले याे कुरा महशुस गरेका छौँ । जनसमुदायले घरदैलाेमै स्वास्थ सेवा पाउनु पर्छ । प्राथमिक स्वास्थ केन्द्र च्यूरेकमा रहनु पर्छ । यसका लागि आवस्यक पहल भईरहेकाे छ र  प्राथमिक स्वास्थ केन्द्र नबनुन्जेल साप्ताहिक स्वास्थ परिक्षणकाे काम च्यूरेकबाटै गर्ने व्यवस्था हुँदैछ ।" वडाध्यक्ष विकले भने । 

    यसैपनि गाउँबाट युवाशक्ति पलायन भएका छन गाउँ बृद्ध अवस्थका बा आमाले कुरिरहेकाे अवस्थामा घरदैलो मै स्वास्थ्यसेवा दिईनु अब आवस्यक भैसकेको छ ।


    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।