Logo

२०८३, आश्विन १०गते


images
images

कृषि र राजनीतिको रथलाई एकैसाथ हाँकेका मंगल

कृषि र राजनीतिको रथलाई एकैसाथ हाँकेका मंगल

images
  • सेतोमसी सहकर्मी
  • कृषि र राजनीतिको रथलाई एकैसाथ हाँकेका मंगल
    images
    images

    कृष्ण अन्जान, गुल्मी । स्थानीय तहकाे निर्वाचन सकिएकाे दुई महिना पूरा भएकाे छ । कति जितेकाेमा गजक्क छन र कति उम्मेदवारहरु निर्वाचन हारेपछि अझै तँग्रिन सकेका छैनन् । लाग्छ, निर्वाचनमा पराजय भाेगेपछि हाँसाे समेत खाेसिएकाे छ ।

    images
    images
    images

    तर रुरुक्षेत्र गाउँपालिका वडा नं. २ बाट वडाध्यक्षमा पराजित उम्मेदवार मंगल बहादुर रेगामी भने निर्वाचनमा उम्मेदवार हुनु भन्दा अगाडि जुन रुप र लयमा थिए, निर्वाचनकाे मत परिणाम सार्वजनिक भएकाे अर्काे दिनबाट उहीँ लय र रुपमा फर्केर आफ्नो पुरानै कर्ममा लागेका छन ।

    images
    images
    images

    मंगल बहादुर रेगामी ग्वादि गाउँका किसान र राजनैतिक कार्यकर्ता हुन । एउटा गज्जब त के छ भने कृषि र राजनीतिलाई उनले सँगसँगै हिँडाएका छन ।

    images
    images
    images

    हरेक विहान घाँसकाे भारीसँगै उनकाे दिनचर्या शुरु हुन्छ । घरमा पालेका गाईभैँसी, बंगुर र बाख्राका लागि कुँडाे, पानी? घाँस गाेठ्ल्याईँ सकेपछि दिनभरी राजनीतिक भेटघाटमा व्यस्त हुनु उनकाे दैनिकी हाे । वि. सं. २०५४ मा साविककाे ग्वादि गाउँ विकास समितिकाे उपाध्यक्ष र २०७४ मा  संघिय संरचना पछि रुरुक्षेत्र २ काे वडाध्यक्ष र २०७९ मा पुनः वडाध्यक्षको उम्मेदवार बनेपनि उनीले तिनै पटक झिनाे मतले पराजय भाेगेका छन ।

    नेपाली कांग्रेसका स्थानीय नेता उनी आफुलाई आदर्शवादि राजनितीको पक्षपोषक भएको दावी गर्छन । उनी भन्छन्, "पार्टीले टिकट दिएपछि उम्मेदवार भएँ, लाेकतन्त्रमा हारजित स्वाभाविक हाे । म हारेपनि याे परिणामलाई सहज स्विकार्छु किनकि म प्रजातन्त्रमा विश्वास गर्छु ।"


    उनले बिक्रम सम्वत २०३५ सालमा रिडी माध्यमिक विद्यालयमा अध्ययन गर्दा नेपाल विध्यार्थी संघबाट राजनीति शुरु गरेका हुन र अहिले नेपाली कांग्रेस गुल्मी क्षेत्र १ काे प्रदेश क काे पार्टी उपसभापति छन ।

    ग्वादि गाउँलाई जाेड्ने सडक लाेक्मा बेलटारी, रातामाटा कफिकेन्द्र चौतारा, चौतारा भन्ज्याँग, मादा, काेन्द्रा लगायत यहाँका सडकका ट्रयाक खाेल्ने काममा उनी सधै अग्रपँक्तिमा रहेको स्थानीयहरू बताउँछन् ।

    जनचेतना बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष समेत रहेका रेगामीले पछिल्लो चरणमा शैक्षिक विकासका लागि चाईना फाउण्डेशनकाे सहयाेगमा सामुदायिक विद्यालयहरुमा शैक्षिक सामाग्री सहितकाे स्कुल व्याग बाँड्ने काममा व्यस्त छन ।

    उनकै पहलमा चाईना फाउणडेसनमा कार्यरत रेगामीका छाेरा दिपक रेगामी मार्फत याे वर्ष मात्रै रुरुक्षेत्र सत्यवति र क्षत्रकाेटका सत्ताईस साुदायिक विद्यालयमा उनी आफू स्वयं  उपस्थित भएर करिव २ हजार १ सय स्कुल व्याग वितरण गरिएकाे छ ।

    रुरुक्षेत्र गाउँपालिकाकाे वडा नं. २ र १ काे बिचबाट बग्ने तालखाेलाकाे भुलौदी मास्तिर लम्छाकामा उनकाे घर छ । उनले यतिबेला दुई वटा भैँसि, बाह्र वटा बाख्रा, छ वटा बँगुर, टर्कि, लाेकल कुखुरा लगायतका पशुपंक्षी पालेका छन । त्यतिमात्र होइन उनको बारीमा डमक्कै तरकारी पनि छ ।

    रेगामीका पिता चेत बहादुर रेगामी ११ वर्ष तत्कालीन ग्वादि गाउँ पन्चायतकाे वडा सदस्य र चार वर्ष उपप्रधानपन्च समेत बनेका थिए । पिता कै आदर्श पछ्याउँदै आफू सामाजिक कामसंगै, राजनीति र कृषि पेशामा लागेको उनको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।