देवदह । रुपन्देहीको देवदहमा पहिलोपटक महान कथिन चीवर दान भएको छ । आइतबार यशोधरा भिक्षुणी विहार देवदह र त्रिरत्न वन्दना पुच: बुटवलको संयुक्त आयोजनामा तीन महिने कठिन वर्षावास बसेका भिक्षु, भिक्षुणीलाई पहिलो पटक चीवर दान गरिएको हो ।
चीवर दानमा २० जना भिक्षु भिक्षुणीको सहभागिता रहेको विहार व्यवस्थापन समितिका सचिव तिलविक्रम बुढाथोकीले जानकारी दिए ।
विहारमा श्रीलंकाका चन्दनन्द भन्ते र अमेरिकाका श्रावणेर सुमना वर्षावास बसेका थिए ।
कार्यक्रममा देवदह, बुटवल, काठमाडौँ लगायत देशका विभिन्न स्थान र भुटानका उपासक उपासिकाको सहभागिता रहेको थियो ।
के हो कथिन चीवर दान ?
कथिन चीवर दान बौद्ध धर्मका अनुयायीहरू (विशेष गरी थेरवाद बौद्ध परम्परा) मा मनाइने एक अत्यन्तै पवित्र, महत्त्वपूर्ण र ऐतिहासिक दान हो ।
यो दान वर्षायामको तीन महिनाको साधना अवधि समाप्त भएपछि अक्टोबरदेखि नोभेम्बर महिनाको बीचमा पर्ने आश्विन पूर्णिमादेखि कार्तिक पूर्णिमासम्मको अवधिमा गरिन्छ ।
बौद्ध ग्रन्थ अनुसार, यो परम्परा भगवान बुद्धको पालमा सुरु भएको हो । पावाबाट आएका तीस जना भिक्षुहरू वर्षावास पूरा गरी बुद्धलाई दर्शन गर्न जेटवन विहार जाँदा बाटोमै भारी वर्षाका कारण उनका चीवरहरू पूर्ण रूपमा भिजेका र मैलिएका थिए ।
उनीहरूको दयनीय अवस्था देखेर भगवान बुद्धले संघको हितका लागि 'कथिन चीवर दान' गर्ने अनुमति प्रदान गर्नुभएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology