Logo

२०८३, कार्तिक १६गते


images
images

लुम्बिनी-गोवा पर्यटन सर्किटको प्रस्ताव : बुद्धभूमि र समुद्री पर्यटन जोड्ने नयाँ पहल

लुम्बिनी-गोवा पर्यटन सर्किटको प्रस्ताव : बुद्धभूमि र समुद्री पर्यटन जोड्ने नयाँ पहल

images
  • लुम्बिनी-गोवा पर्यटन सर्किटको प्रस्ताव : बुद्धभूमि र समुद्री पर्यटन जोड्ने नयाँ पहल
    images
    images

    गोवा, भारत । भारतको प्रसिद्ध समुद्री पर्यटकीय गन्तव्य गोवा र विश्व शान्तिको प्रतीक बुद्ध जन्मस्थल लुम्बिनीलाई एउटै पर्यटन सर्किटमा जोड्ने प्रस्ताव अघि सारिएको छ ।

    images
    images
    images

    धार्मिक, सांस्कृतिक र समुद्री पर्यटनका फरक विशेषता बोकेका यी दुई गन्तव्यबीच पर्यटन साझेदारी विस्तार गर्दै पर्यटकको दोहोरो आवागमन बढाउने उद्देश्यसहित नेपाली व्यावसायिक प्रतिनिधिमण्डलले गोवा सरकारसमक्ष नयाँ अवधारणा प्रस्तुत गरेको हो ।

    images
    images
    images

    भारतको गोवामा आयोजित ‘भाइब्रेन्ट गोवा ग्लोबल बिजनेस समिट–२०२६’ मा सहभागी हुन पुगेको नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल नेतृत्वको प्रतिनिधिमण्डलले गोवाका मुख्यमन्त्री डा. प्रमोद सावन्तसँग भेटवार्ता गर्दै लुम्बिनी–गोवा पर्यटन सर्किट विकास, भैरहवा–गोवा सीधा हवाई सम्पर्क तथा पर्यटन र सेवामूलक उद्योगमा संयुक्त लगानीको प्रस्ताव राखेको छ ।

    images
    images
    images

    भेटका क्रममा मुख्यमन्त्री सावन्तले नेपाल र गोवाबीच पर्यटन तथा व्यावसायिक साझेदारीका सम्भावनाप्रति सकारात्मक धारणा राख्दै यस प्रकारका कार्यक्रमलाई अगाडि बढाउन सहकार्य गर्न सकिने बताएका छन् ।

    नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई पर्यटन र व्यापारमार्फत थप विस्तार गर्न सकिने विषयमा छलफल भएको अध्यक्ष पोखरेलले जानकारी दिए ।

    पोखरेलका अनुसार नेपाली प्रतिनिधिमण्डलले बुद्ध जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय महत्त्व र गोवाको स्थापित पर्यटकीय पहिचानलाई जोडेर दुवै गन्तव्य लाभान्वित हुने कार्यक्रम बनाउनुपर्ने आवश्यकता औँल्याएको थियो।

    त्यसका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई उपयोग गर्दै हवाई सम्पर्क विस्तार, संयुक्त पर्यटन प्रवर्द्धन, होटल तथा आतिथ्य क्षेत्रमा सहकार्य र निजी क्षेत्रबीच व्यावसायिक साझेदारी बढाउन प्रस्ताव गरिएको हो ।

     

    गोवा समुद्री तट, मनोरञ्जन, सम्मेलन तथा बिदा मनाउने पर्यटनका लागि प्रसिद्ध छ भने लुम्बिनी बौद्ध धर्मावलम्बी, शान्तिप्रेमी र सांस्कृतिक पर्यटकको प्रमुख आस्थाकेन्द्र हो।

    यी दुई फरक विशेषताका गन्तव्यलाई एउटै भ्रमण प्याकेजमा समेट्न सके पर्यटकको बसाइ अवधि बढाउने, नयाँ बजार विस्तार गर्ने र पर्यटनबाट स्थानीय अर्थतन्त्रमा थप लाभ पुर्‍याउने सम्भावना देखिएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।