Logo

२०८३, कार्तिक १६गते


images
images

डिपिएल : आइतबारका खेलमा भवानिपुर र बिर्ता विजयी

डिपिएल : आइतबारका खेलमा भवानिपुर र बिर्ता विजयी

images
  • डिपिएल : आइतबारका खेलमा भवानिपुर र बिर्ता विजयी
    images
    images

    देवदह । देवदह प्रिमियर लिग (डिपिएल) सिजन ३ अन्तर्गत आइतबार सम्पन्न दुई खेलमा सिता मेडिकल भवानिपुर रोयल्स र बिर्ता राइनोज विजयी भएका छन् ।

    images
    images
    images

    देवदह क्रिकेट युनिट (डिसियु) को मैदानमा भएको १७औँ खेलमा सिता मेडिकल भवानिपुर रोयल्सले शंकरपुर सुपर किंग्सलाई २७ रनले पराजित गरेको छ ।

    images
    images
    images

    टस जितेर बलिङ रोजेको शंकरपुरविरुद्ध पहिले ब्याटिङ गरेको भवानिपुरले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै ९० रन बनाएको थियो । उसका लागि कप्तान सुरज चौधरीले ३९ बलमा २० रन बनाए । सुरज खड्काले १४ बलमा १५ र निश्चल ज्ञवालीले १५ बलमा १० रनको योगदान गरे ।

    images
    images
    images

    ९१ रनको लक्ष्य पछ्याएको शंकरपुर सुपर किंग्सले १५ ओभरमा ५ विकेट गुमाउँदै ६३ रन मात्र बनाउन सक्यो । उसका लागि कलाम अलीले १२ बलमा २० र सुरज खड्काले १४ बलमा १५ रन बनाए ।

    भवानिपुरका बलर सन्दीप अर्यालले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । रामजान चायले १ विकेट लिए । २० रन बनाएका सुरज चौधरी र ३ विकेट लिएका सन्दीप अर्यालको प्रदर्शनले भवानिपुरलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

    यसैगरी, १८औँ खेलमा बिर्ता राइनोजले टाटेरा डाइनामाइटलाई ३२ रनले पराजित गरेको छ ।

    पहिले ब्याटिङ गरेको बिर्ता राइनोजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । उसका लागि इन्द्रजीत यादवले २२ बलमा ३६ रन बनाए । सोनु सहानीले ३७ बलमा ३२, अमित पाठकले २६ बलमा ३० र रामजान अलीले २१ बलमा २५ रन जोडे ।

    १३८ रनको लक्ष्य पछ्याएको टाटेरा डाइनामाइटले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०५ रन मात्र बनाउन सक्यो । उसका लागि नरेश श्रीसले २६ बलमा ३१, डेभिड थापाले १४ बलमा २१ र रोशन गौतमले १३ बलमा १० रन बनाए ।

    बिर्ताका बलर रबिस कुर्मीले ३ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । अमित यादवले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए भने धमेन्द्र यादव, राकेश यादव र इन्द्रजीत यादवले समान १ विकेट लिए ।

    सोमबार पहिलो खेलमा भलुही र ढेकावर तथा दोस्रो खेलमा शीतलनगर र खैरेनी भिड्दै छन्  ।    

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।