विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसँग बिदाइ भेट गरेका छन् ।
पाँचवर्षे कार्यकाल पूरा गरी कात्तिक २४ गते बिदा हुन लागेका खापुङलाई मुख्यमन्त्री कार्कीले प्रदेशको विकास, समृद्धि र संघीयता कार्यान्वयनमा पुर्याएको योगदानका लागि धन्यवाद दिएका छन् ।
भेटमा मुख्यमन्त्री कार्कीले सीमित स्रोतसाधनका बीच प्रदेशको विकास र स्थिरताका लागि भइरहेको प्रयासबारे जानकारी गराउँदै संवैधानिक तथा कानुनी व्यवस्था व्यवस्थित बनाउन खापुङले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
२०७८ साल कात्तिक २५ गते कार्यभार सम्हालेका प्रदेश प्रमुख खापुङले आफ्नो कार्यकालमा प्रदेश सरकारले गरेको सहयोग र सहकार्यप्रति धन्यवाद व्यक्त गरेका थिए ।
संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology