काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडा र अजय सिवाकोटीले अग्रता कायम राखेका छन् ।
दुई पदका लागि भइरहेको प्रतिस्पर्धामा पछिल्लो अपडेट अनुसार ५०८९ मत गणना हुदा खतिवडाले २१७८ मत प्राप्त गरेका छन् भने सिवाकोटीले १५५६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, डिल्लीराम सुवेदीले १३३०, देवेन्द्रराज कँडेलले १०१२, राजीव ढुंगानाले ९०१ र विकास कोइरालाले ८१५ मत पाएका छन् ।
यसैगरी, अमृतकुमार अर्यालले ६६६, रमेशप्रसाद धमलाले ५८० र विमलराज क्षेत्रीले १९६ मत प्राप्त गरेका छन् ।
सहमहामन्त्री खुलातर्फ दुई पदका लागि नौ जना प्रतिस्पर्धामा छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology