Logo

२०८३, आश्विन २५गते


images
images

कांग्रेसको पदाधिकारीको मतगणना सानेपामा आजै दिउसो गर्ने तयारी

कांग्रेसको पदाधिकारीको मतगणना सानेपामा आजै दिउसो गर्ने तयारी

images
  • कांग्रेसको पदाधिकारीको मतगणना सानेपामा आजै दिउसो गर्ने तयारी
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका अन्य पदाधिकारीहरुको मतगणना दिउसोबाट शुरु हुने भएको छ ।

    images
    images
    images

    सभापति बाहेकका पदाधिकारीहरुको मतपेटिका अहिले पार्टी कार्यालय सानेपा लगिएको छ र मतगणना आज दिउँसोदेखि गर्ने तयारी गरिएको छ । पदाधिकारीका सबै उम्मेद्वारसँग निर्वाचन समितिले बैठक गरी आज दिउँसोबाट मतगणना सुरु गर्ने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताएका छन् । कटुवालका अनुसार उपसभापति र महामन्त्रीका उम्मेदवारहरूलाई दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि बोलाइएको छ । त्यसपछि मात्रै पदाधिकारीको मतगणना सुरु हुनेछ ।

    images
    images
    images

    काँग्रेसको १५औं महाधिवेशन अन्तर्गत शुक्रबार राति १० बजे मतदान सम्पन्न भएको थियो । लगत्तै राति करिब १ बजेदेखि काठमाडौंको राष्ट्रिय सभा गृहमा सभापतिको भएको मतगणना भएको थियो ।

    images
    images
    images

    सभापतिमा थापाले ६ हजार ५८४ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिष्पर्धी श्यामकृष्ण खड्गीले भने ३७५ मत पाप्त गरेका छन। जसमा कुल ५४ मत बदर भएको थियो । यसपटक कांग्रेसका ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।