Logo

२०८३, आश्विन २७गते


images
images

विद्यालयका सहयोगी कर्मचारीलाई उपदानको व्यवस्था गर्न सरोकारवालाको माग

विद्यालयका सहयोगी कर्मचारीलाई उपदानको व्यवस्था गर्न सरोकारवालाको माग

images
  • विद्यालयका सहयोगी कर्मचारीलाई उपदानको व्यवस्था गर्न सरोकारवालाको माग
    images
    images

    देवदह । विद्यालयमा लामो समय सेवा गरेका सहयोगी कर्मचारीलाई राज्यले उपेक्षा गरेको भन्दै सरोकारवालाहरूले उनीहरूको सेवा सुरक्षाका लागि पेन्सन तथा उपदानको व्यवस्था गर्न माग गरेका छन् ।

    images
    images
    images

    रूपन्देहीको देवदहस्थित महामाया भवानी माध्यमिक विद्यालयमा आयोजित शिक्षक तथा कर्मचारी बिदाइ एवं विजयादशमी, शुभदीपावली र छठ पर्व २०८३ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालय सहयोगी कर्मचारीको योगदानको उचित मूल्याङ्कन हुन नसकेको बताएका हुन् ।

    images
    images
    images

    विद्यालयमा तीन दशकसम्म कार्यालय सहयोगीका रूपमा सेवा गरेका कुलबहादुर खवासको बिदाइ कार्यक्रममा वक्ताहरूले लामो समय विद्यालयको सेवामा जीवन बिताएका कर्मचारी अवकाश हुँदा रित्तो हात फर्कनुपर्ने अवस्था दुःखद भएको उल्लेख गरे । उनीहरूले विद्यालय सहयोगी कर्मचारीको योगदानको कदर गर्दै राज्यले पेन्सन तथा उपदानको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

    images
    images
    images

    बिदाइका क्रममा खवासले विद्यालयप्रति आफ्नो अमूल्य जीवन र योगदान समर्पित गर्दा पनि संघीय सरकारले आफूहरूजस्ता कर्मचारीलाई उपेक्षा गरेको गुनासो गरे । लामो समय सेवा गरेका कर्मचारीको भविष्य सुरक्षित गर्न राज्यले आवश्यक नीति तथा व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

    कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले स्थानीय सरकारले अस्थायी कर्मचारीका मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा देवदह नगरपालिका वडा नं. ४ का वडाध्यक्ष दमननाथ रेग्मी, विद्यालयका प्रधानाध्यापक ऋषिश्वर अर्याल, पूर्व अध्यक्ष छविलाल घर्ती जिसी, पूर्वविद्यार्थी समाजका अध्यक्ष झविन्द्रप्रसाद पाण्डेय, पूर्वप्रधानाध्यापक दिनानाथ अर्याल, पूर्वशिक्षक लीलावल्लभ भट्टराई र दुर्गा पौडेल बोलेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।