काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज हुने भनिएको मतदानको समय सारिएको छ ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बिहान १० बजेदेखि सुरु हुने भनिएको मतदान अब दिउँसो १ बजेदेखि सुरु हुने भएको हो ।
१० बजेदेखि शुरु गर्ने भनिएको मतदान प्राविधिक कारणले ढिला भएको निर्वाचन समितिले जनाएको छ ।
काँग्रेसको नयाँ नेतृत्व चयन गर्ने यस मतदानमा महाधिवेशनका ७ हजार २५५ जना प्रतिनिधि सहभागी हुदैछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology