काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजको बन्दसत्र दिउँसो ४ बजेपछि सुरु हुने भएको छ ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बर्षाका कारण खुलामञ्चमा तयार गरिएका हल प्रभावित भएपछि दिउसो ४ बजेदेखि बन्दसत्र सुरु गर्न लागिएको हो ।
आजको बन्दसत्रमा सभापति गगन थापासहितको प्रस्ताव तथा प्रतिवेदन पारित गर्ने कार्यसूची रहेको छ ।
यसअघि प्रस्तुत भएको सभापति गगनकुमार थापाको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो ।
काँग्रेसको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न उम्मदवार दर्ताको काम सकिएको छ भने विहिबार विहानदेखि मतदान गर्ने कार्यसूची रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology