Logo

२०८३, आश्विन २०गते


images
images

कांग्रेस महाधिवेशन

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको फारम वितरण शुरु

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको फारम वितरण शुरु

images
  • कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको फारम वितरण शुरु
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत उम्मेदवारका लागि मनोनयन दर्ताको फारम वितरण शुरु भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार अहिले १० बजेदेखि मनोनयन दर्ताको फारम वितरण राष्ट्रिय सभा गृहबाट शुरु गरिएको छ । 

    images
    images
    images

    उम्मेदवारी दर्ता भने साढे १२ बजेदेखि ४ बजेसम्म हुने समितिले जानकारी दिएको छ । कांग्रेसको नयाँ नेतृत्व चयन गर्न कुल ७ हजार ११४ जना मतदाताको प्रारम्भिक सूची समेत समितिले सार्बजनिक गरिसकेको छ भने आजै बिहान ११ बजे अन्तिम मतदाता सूची सार्बजनिक गर्ने जनाएको छ ।

    images
    images
    images

    समितिले केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ताका लागि शुल्कसमेत तोकेको छ। सभापतिका लागि ४० हजार, उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ।

    images
    images
    images

    उम्मेदवारी दर्ताका लागि आवश्यक कागजातसहित प्रस्तावक र समर्थकको विवरणसमेत बुझाउनुपर्नेछ। सभापतिका लागि १० जना प्रस्तावक र १० जना समर्थक, उपसभापति र महामन्त्रीका लागि सात-सात जना तथा सहमहामन्त्रीका लागि पाँच–पाँच जना प्रस्तावक र समर्थक आवश्यक पर्नेछ। केन्द्रीय सदस्यका लागि भने तीन जना प्रस्तावक र तीन जना समर्थकको व्यवस्था गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।