Logo

२०८३, आश्विन २०गते


images
images

कांग्रेस महाधिवेशन

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप

images
  • कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ताको समय थप गरिएको छ ।

    images
    images
    images

    केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि यसअघि मंगलबार दिउँसो ४ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने समय तोकिएको थियो । निर्वाचन समितिले उक्त समय बढाएर साँझ ६ बजेसम्म पुर्‍याएको जनाएको छ ।

    images
    images
    images

    महाधिवेशन केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सूचना जारी गर्दै तोकिएको समयभित्र मनोनयन पत्र दाखिल गर्न सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्यलाई आग्रह गरेका छन् ।

    images
    images
    images

    काठमाडौंमा भइरहेको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूले अब राष्ट्रिय सभा गृहमा पुगेर साँझ ६ बजेसम्म मनोनयन दर्ता गर्न सक्नेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।