Logo

२०८३, आश्विन २२गते


images
images

कांग्रेस महाधिवेशन

श्यामकृष्णले गगनलाई सर्बसम्मत हुनबाट किन रोके ?

श्यामकृष्णले गगनलाई सर्बसम्मत हुनबाट किन रोके ?

images
  • श्यामकृष्णले गगनलाई सर्बसम्मत हुनबाट किन रोके ?
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा गगन थापालाई सर्वसम्मत बनाउने प्रयास सफल हुन सकेन । पूर्व सहमहामन्त्री किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएर थापालाई समर्थन गरे पनि काठमाडौं क्षेत्र नम्बर ६ का श्यामकृष्ण खड्गीले आफ्नो उम्मेदवारी कायम राखेपछि सभापतिका लागि निर्वाचन हुने भएको छ । 

    images
    images
    images

    खड्गीको उम्मेदवारीलाई सामान्य प्रतिस्पर्धाका रूपमा मात्र हेरिएको छैन । यसको एउटा प्रमुख कारण उनी र थापाबीचको पुरानो गुरु–चेला सम्बन्ध हो। करिब तीन दशकअघि काठमाडौंको बालाजुस्थित सिद्धार्थ वनस्थलीमा गणित शिक्षक रहेका खड्गीले त्यही विद्यालयमा थापालाई पढाएका थिए । अहिले भने त्यही गुरु आफ्ना पूर्वविद्यार्थीसँग कांग्रेस सभापति बन्ने दौडमा आमनेसामने भएका छन् । 

    images
    images
    images

    खड्गीले २०४२ सालदेखि नेपाल विद्यार्थी संघमार्फत कांग्रेसको राजनीति सुरु गरेका थिए । उनी काठमाडौं क्षेत्र नम्बर ६ का दुई कार्यकाल क्षेत्रीय सभापति भइसकेका छन् र अहिले सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छन् । राजनीतिसँगै उनले लामो समय शिक्षण पेसासमेत गरेका थिए । सिद्धार्थ वनस्थलीमा माध्यमिक तहका विद्यार्थीलाई गणित पढाउने क्रममा उनको विद्यार्थीका रूपमा गगन थापा थिए । खड्गीले अहिले पनि आफू थापाको शिक्षक रहेको प्रसंगलाई आफ्नो राजनीतिक यात्राको एउटा परिचयका रूपमा प्रस्तुत गर्दै आएका छन् ।

    images
    images
    images

    सभापतिमा उम्मेदवारी दिएपछि खड्गीले आफ्नो उद्देश्य गगन थापालाई रोक्नु नभई कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र र निर्वाचन प्रक्रियालाई बलियो बनाउनु रहेको बताएका छन् । कांग्रेसको नेतृत्व निर्वाचनबाटै चयन हुँदै आएको इतिहास रहेको भन्दै उनले नेतृत्व चयनमा प्रतिस्पर्धा आवश्यक रहेको तर्क गरेका छन् ।

    गगन थापालाई सभापतिमा सर्वसम्मत गराउने प्रयास बुधबारसम्म जारी थियो । राठौरले थापालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि थापाका लागि सर्वसम्मतिको बाटो लगभग खुलेको थियो । तर खड्गीले आफ्नो उम्मेदवारी फिर्ता लिन मानेनन् ।

    खड्गीसँग सहमति जुटाउन थापा स्वयं तथा उनका प्रतिनिधिहरूले पटक–पटक छलफल गरेका थिए । काठमाडौंको एक होटलमा समेत पटक–पटक छलफल भएको र खड्गीलाई उम्मेदवारी फिर्ता गराउन विभिन्न प्रस्ताव गरिएको समाचारहरूमा उल्लेख छ । तर खड्गीले आफ्नो निर्णय परिवर्तन गरेनन् । खड्गीले आफूलाई उम्मेदवारी फिर्ता लिन आग्रहसहित विभिन्न प्रस्ताव आएको स्वीकार गर्दै आफूले निर्वाचन प्रक्रियाबाटै अघि बढ्ने निर्णय गरिसकेको बताएका छन् । उनका अनुसार आफूले परिणामभन्दा कांग्रेसभित्र लोकतान्त्रिक प्रतिस्पर्धाको अभ्यासलाई प्राथमिकता दिएको हो । यद्यपि राजनीतिक वृत्तमा यसको पछाडि काठमाडौं कांग्रेसको पुरानो शक्ति समीकरण पनि जोडेर हेर्ने गरिएको छ ।

    खड्गी र नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहबीचको सम्बन्धबारे चर्चा हुनुको मुख्य आधार काठमाडौं क्षेत्र नम्बर ६ को पुरानो राजनीतिक समीकरण हो । अहिले खड्गी प्रकाशमान सिंहको योजनाअनुसार गगनविरुद्ध उम्मेदवार बनेको बताइएको छ । हाल समानान्तर गतिविधि गर्दै काँग्रेसको अलग्गै महाधिवेशन गर्ने तयारी गरेका सिंहले गगनलाई निर्बिरोध हुन नदिन भीमसेनदास प्रधानमार्फत खड्गीलाई अगाडी सारेको चर्चा रहेको छ । खड्गीले भने आफ्नो उम्मेदवारीलाई थापाविरुद्धको व्यक्तिगत अभियानका रूपमा अस्वीकार गरेका छन् । उनले थापालाई सम्मान गर्ने र थापा सभापति भए पनि लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्ने बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।