Logo

२०८३, श्रावण २७गते


images
images

कोरोना महामारी

चालु आर्थिक बर्षको विकास बजेट कोभिड नियन्त्रणमा खर्चिन नागरिक समाजको अनुरोध 

चालु आर्थिक बर्षको विकास बजेट कोभिड नियन्त्रणमा खर्चिन नागरिक समाजको अनुरोध 

images
  • चालु आर्थिक बर्षको विकास बजेट कोभिड नियन्त्रणमा खर्चिन नागरिक समाजको अनुरोध 
    images
    images

    देवदह । नागरिक समाज देवदहले नगरपालिकाको चालु आर्थिक वर्षको विकास बजेट पूर्णरुपमा कोभिड नियन्त्रण र उपचारमा खर्चिन अनुरोध गरेको छ । समाजका अध्यक्ष कृष्ण प्रसाद पौडेल र सचीव डासिराम पाण्डेद्वारा जारी एक प्रेस बिज्ञप्तिमा उक्त अनुरोध गरिएको हो ।

    images
    images
    images

    देवदह नगरपालिकाबाट कोभिड -१९ को लक्षण देखिएका बिरामीको निशुल्क पिसिआर परिक्षणको प्रवन्ध मिलाइएकोमा खुसी ब्यक्त गर्दै समाजले नगरवासिको ज्यूज्यानको रक्षाको लागि देवदह नगरपालिकाको अगुवाईमा नगरभित्र रहेका राजनीतिक दल, संघ/संस्था सुरक्षा निकाय, स्वास्थ्यकर्मि लगायतका सरोकारवालासँग तत्काल सहयोग र समन्वय गरी विषम परिस्थितिको सामना गर्नको लागी देवदह नगरपालीकालाई अनुरोध समेत गरेको छ ।

    images
    images
    images

    साथै नागरिक समाजले क्षेत्रगत रुपमा कम्तिमा ६ स्थानमा दैनिक रुपमा कोभिडको लक्षण देखिएका विरामीहरुको स्वाब संकलन तथा परिक्षण गर्ने प्रवन्ध गर्नुको साथै आइसोलेसन सेन्टरमा पर्याप्त मात्रामा वेड संख्या र अक्सिजन तथा कोभिड विशेषज्ञ सहितको चिकित्सा सेवाको माग समेत गरेको छ ।

    images
    images
    images

    आफुहरू देवदह नगरपालिकासँग हरतरहले सहयोग र समन्वय गर्न तयार रहेको बताउँदै  बिज्ञप्तिमा कोभिड विरुद्धको अभियानमा
    सरिक भई आफूसँग भएका श्रोत-साधन, सीप र दक्षता उपलब्ध गराई नगरवासिको ज्यू ज्यानको लागि मानवीय सभ्यता र संवेदनशिलता प्रर्दशन गर्नुहुन नगरभित्रका सम्पूर्ण संघसंस्था एवं नगरवासीमा अपिल गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नागरिक समाज देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।